Advertisement
ताजा खबर
रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

☰

भारतीय भूमिमा भेटिए सिमलताल दुर्घटनाका २ यात्रीका शव

प्रतिक्षा खबर
२०८१ श्रावण ४, शुक्रबार १३:३६

फाइल तस्वीर ।

४ साउन, काठमाडौं । सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका २ जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार बिहिबार राति करिब साढे ९ बजेको समयमा भारतको चम्पारण नगाहा स्थित नारायणी नदीमा २ वटा शव फेला पारेको हो । शवको पहिचान भइसकेको छैन ।

सशस्त्र प्रहरी बलका अनुसार भारतीय भूमिमा फेला परेकामध्ये एउटा शव ल्याइएको र एउटा ल्याउन बाँकी रहेको जानकारी दिए । योसँगै हालसम्म २३ जना यात्रुको शव फेला परेको छ ।

२८ असारको बिहान साढे ३ बजे चितवनको भरतपुर महागरपालिका-२९, सिमलतालमा पहिरो गएको थियो ।

लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो । दुवै बसमा ६५ जना यात्रु सवार रहेको बताइएको छ । हालसम्म बेपत्ता बस फेला पर्न सकेको छैन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर