Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

जसपामा मुख्यसचिवमा कुरा नमिलेपछि मधेश समितिमा भाडभौलो

प्रतिक्षा खबर
२०८१ फाल्गुन १०, शनिबार १३:५७

जनकपुरधाम, फागुन १० । अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को शुक्रवार जनकपुरधाममा सम्पन्न प्रदेश स्तरीय भेलामा शीर्ष नेताहरु बीच कुरा नमिल्दा मधेश प्रदेश समितिले पूर्णता पाउन सकेको छैन ।
मधेश प्रदेश समिति गठन गर्ने उद्देश्यले भएको भेलामा पार्टीका मधेशकै शीर्ष नेताहरु बीच बाझाबाझ हुँदा पदाधिकारी बिनै मधेश प्रदेश समितिको घोषणा गरियो । तर, मधेश प्रदेशका मुख्यसचिवको बिषयमा भने शीर्ष नेता रेणु यादव, डा. वीरेन्द्र महतो र प्रदीप यादव बीच बाझाबाझ भएपछि समितिलाई पूर्णता नदिदैँ मधेश प्रदेश सभाका पूर्व सांसद अशोक कुमार यादवको अध्यक्षतामा ३५ सदस्यीय प्रदेश समितिको घोषणा गरियो । भेलाबाटै प्रदेश समितिलाई पूर्णता दिने भनिए पनि पदाधिकारीमा शीर्ष नेताहरुले आ–आफनो अडान नछोडेपछि पदाधिकारी छनोट गर्न नसकिएको भेलामा सहभागी एक नेताले जानकारी दिए ।
खास गरी मुख्यसचिवको विषयमा कुरा नमिलेको ती नेताले बताए । प्रदेश प्रदेशको अध्यक्ष घोषणा पहिला नै भईसकेको तर, मधेश प्रदेश समितिको मुख्यसचिवका लागि जसपाका शीर्ष नेताहरु यादव, डा. महतो र प्रदीपले आ–आफनो निकट नेताहरुको नाम अघि सारेपछि पदाधिकारी विना नै प्रदेश समिति घोषणा गरिएको स्रोतले जानकारी दियो ।
तीनै जना नेताले मुख्यसचिव आ–आफनो जिल्लामा पार्न लविङ्ग गरिरहेको स्रोतको दावी छ । मधेश प्रदेश समिति घोषणा गरिएको भए पनि नाम भने सार्वजनिक गरिएको छैन् । एक दुई दिन भित्रै पदाधिकारीहरुको नाम मिलाएर घोषणा गरिने जनाइएको छ । शुक्रवार सम्पन्न भेलामा अध्यक्ष अशोक राई सहित नेताहरुको व्यापक उपस्थिति रहेको थियो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भएर बनेको जसपाका नेताहरुले पार्टी भित्र गुटबन्दी, पार्टीका नेताहरुमा सत्ताको लोभ लगायतका आरोप लगाउँदै अलग पार्टी जसपा गठन गरिएको थियो । तर, जसपामा देखिएको विवादले ती समस्याबाट जसपाका नेताहरु नै ग्रसित रहेको स्पष्ट भएको जसपा नेपालका नेताहरुले आरोप लगाएका छन् ।
जसपा नेपालले जसपाका अध्यक्ष अशोक राई लगायत रेणु यादव, प्रदीप यादव, नवलकिशोर साह ‘सुडि’, वीरेन्द्र महतो लगायतका नेताहरुलाई पटक–पटक मन्त्री बनाए पनि उनीहरु सत्ताको प्रलोभनमा परेको जसपा नेपालका नेताहरुको टिप्प्णी छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर