Advertisement
ताजा खबर
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

पाँचदिन सम्म मनाईने हिन्दूधर्माम्बलम्बीहरुको ठुलो पर्ब दिपावली सुरु, आज धनतेरस

प्रतिक्षा खबर
२०८१ कार्तिक १३, मंगलवार २१:५४

गोपाल झा

महोत्तरी , कात्तिक १३ गते ,मंगलबार

हिन्दूधर्माम्बलम्बीहरुले पाँच दिन सम्म मनाईने दोस्रो ठूलो पर्ब यमपञ्चक अर्थात् तिहार दिपावली आजदेखि आरम्भ भएको छ । मंगलबार बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको नेपाल पञ्चाङ्ग निणर्ायक विकास समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि रहेकोले यस पर्बलाई यमपञ्चक भनिन्छ ।

         आज घनतेरसका दिन बिभिन्न सहर बजारहरुमा सुन , चाँदी , असर्फी त्यस्तै भाडा बर्तन र झारु  कुचो खरीद गर्ने परम्परा रहेकोले बजारहरुमा यी सामानहरु किनमेल गर्नेको भिड देखीएको छ ।

निणर्यक समितिले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनु पर्ने र यस वर्ष यमदीपदान भने भोलि बुधबार देखि सुरु हुने जनाएको छ । त्यस्तै काग तिहार पनि बुधबार नै परेको बताईएको छ । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमको यातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता रहदैँ आएको छ ।

        त्यस्तै धनवन्तरी जयन्ती पनि कात्तिक १४ गते बुधबार परेको छ । तिथिको घटबढका कारण बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद्हरुले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक १५ गते बिहीबार अरुणोदयकालमा नर्क स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ र बेलुकी लक्ष्मीपूजा गरीने छ । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिने छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

     कात्तिक १५ गते दिउँसो ३ बजेर १४ मिनेट सम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गरीने छ । रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि छ । यस वर्ष कात्तिक १६ गते शुक्रबार औँसी तिथि बेलुकी ५ बजेर १५ मिनेट सम्म रहेको छ । यस दिन तिहारका कुनै पनि पर्व भने परेको छैन ।

गाईगोरुपूजा कात्तिक १७ गते शनिबार परेको छ । हलितिहार, गोवर्द्धन पूजा, र बलीपूजा पनि यसैदिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । त्यस्तै प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४५ पनि यसै दिनदेखि सुरु हुन्छ ।

यता तिथि मितिका अनुसार कात्तिक १८ गते आइतबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११–३७ बजे भाइटीकाको शुभ साइत रहेको छ ।

        झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ताअघिदेखि महोत्तरी सहीतका सहर बाजारहरुमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेका छन् । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूणर्िमा अर्थात् कोजाग्रत पूणर्िमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । कोजाग्रत पूणर्िमामा लक्ष्मीको पूजागरी त्यसै दिनदेखि दीपावलीलाई निरन्तरता दिनेक्रम पनि सहरी क्षेत्रमा बढ्न थालेको छ ।

      यता सुरक्षाको दृष्टीकोणले दीपावली अर्थात् तिहार पर्वका अवसरमा विकृतिका रुपमा फैलिएको बिस्फोटक पदार्थए पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ । नेपाल प्रहरीले पटाका नपड्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ ।

      तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरे पनि पड्क्न भने छोडेको छैन । प्रत्येक वर्ष प्रहरीले एक साताअघिदेखि नै पटाका नपड्काई सभ्य रुपमा दोस्रो चाड तिहार मनाउन आह्वान गर्ने गरेको छ ।

        दिपाबली र छठ पर्बको अबसरमा जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशका पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सांसद सरोज सिहं कुश्वाहा, तथा पुर्ब स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादव र प्रदेश अभियन्ता रामनरेश रायले आम सर्बसाधारणमा हिन्दुहरुको महान पर्व दिपावली, तथा छठ पर्बको शुभकामना ब्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर