Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी
☰

मध्यरातको घटना दबाउन बार्गेनिङ, पञ्चायती बस्नेहरू फरार

प्रतिक्षा खबर
२०८१ फाल्गुन ६, मंगलवार २२:०५

६ फागुन,  सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको मृत्युका विषयमा अनुसन्धान गरेको प्रहरीले घटना दबाउन बार्गेनिङ भएको विषयलाई पुष्टि गरेको छ ।

मधेश प्रदेशका एसएसपी शान्तिराज कोइरालाको नेतृत्वको टोली घटनास्थलमै गएर अनुसन्धान गरिरहेको छ । सो क्रममा मध्यराति भएको घटना दबाउन पञ्चायती बसेको र रकममा बार्गेनिङ भएको विषयलाई पुष्टि गरेको हो ।

छानबिन समितिका संयोजक एसएसपी कोइरालाले  भने, ‘पञ्चायती बसेको र रकमका बारेमा बार्गेनिङ भएको पुष्टि भएको छ । पीडित परिवारका सदस्यले पनि यो विषय हामीलाई बताइरहेका छन् । पञ्चायती बसेको भिडिओ/फोटो समेत फेला परेका छन् ।’

आमा सीतादेवी र भाइ भुलासँग बस्दै आएकी रिंकु २६ माघको राति करिब ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकी थिइन् । तर ६ घण्टासम्म घर फर्किनन् । उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परिन् ।

६ घण्टा बेपत्ता भएर घर फर्केपछि उनले परिवारलाई आफूमाथि सामूहिक बलात्कार भएको बताएकी थिइन् । परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहले बलात्कार गरेको दाबी गरेकी थिइन् । ‘शौच गर्न गएका बेला तीन जनाले उठाएर बाँसघारीमा लगेर सामूहिक बलात्कार गरे,’ रिंकुले त्यसबेला भनेको उनका परिवारका सदस्य बताउँछन् ।

आफूमाथि बलात्कार भएको बताएकी दलित समुदायकी रिंकु टिनले छाएको आफ्नै ‘भुईं घर’ मा झुन्डिएको अवस्थामा ३० माघको राति ७:२० मा मृत भेटिएकी थिइन् । सलले घाँटीमा पासो लगाएको अवस्थामा उनको शव फेला परेको थियो ।

मृत्यु हुनुअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको थियो । घटना दबाउन २९ माघमा गाउँमा पञ्चायती बसेको थियो । पञ्चायती बसेको विषय पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्रकुमारले बताए । तर रकमको लेनदेन भएको विषय भने अनुसन्धानकै क्रममा रहेको उनले बताए ।

यो पनि पढ्नुहो
घटना दबाउनका लागि सञ्चायती बस्नेहरू अधिकांशजसो फरार भएका छन् । सोमबारबाटै घटनास्थल पुगेको एसएसपी कोइरालाको टोलीले यसबारे अनुसन्धान गरेको थियो ।

बलात्कारको घटना दबाउन भन्दै आरोपितमध्येका रुपेश मण्डलको परिवारले १ लाख ५० हजार रुपैयाँ दिने समेत तयारी गरेको बुझिएको छ । तर रकमको लेनदेन हुन बाँकी नै रहेको प्रहरीको भनाइ छ ।

पीडितले यो प्रस्ताव अस्वीकार गरेपछि पहिलो दिनको पञ्चायती सभा विना निष्कर्ष टुंगिएको थियो । त्यसपछि भोलिपल्ट ३० माघमा पनि पञ्चायती राखिएको थियो । त्यसको केही समयमै रिंकु झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

घटना दबाउन पञ्चायती बस्नेहरू फरार

घटना दबाउनका लागि सञ्चायती बस्नेहरू अधिकांशजसो फरार भएका छन् । सोमबारबाटै घटनास्थल पुगेको एसएसपी कोइरालाको टोलीले यसबारे अनुसन्धान गरेको थियो । तर प्रहरीले पञ्चायती बसेको भनिएका कोही व्यक्तिलाई पनि अहिलेसम्म भेट्न सकेको छैन ।

एसएसपी कोइराला भन्छन्, ‘पञ्चायती बसेको भनिएका व्यक्ति अधिकांश अहिले फरार छन् । भिडिओ/फोटाबाट पहिचान गरेर सोधपुछ गर्छौं ।

पञ्चायती बसेको विषय प्रहरीले पुष्टि गरे पनि कति जना छलफलमा बसेका थिए भन्नेबारे यकिन गर्न सकेको छैन । पीडित परिवारले धेरै व्यक्ति बसेको मात्रै बताउने गरेकाले यकिन कति जना छलफलमा सहभागी थिए भन्ने यकिन हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

पञ्चायती सभामा वडासदस्य नथुनी साह समेत सहभागी भएको प्रहरी स्रोतले बताएको छ । उनका साथै रामकृपाल मण्डल, रामपृत साह, रामपुकार मण्डल लगायत पञ्चायती सभामा रहेको खुलेको छ । यद्यपि, वडासदस्य नथुनीसहित अधिकांश फरार रहेका छन् ।

३ आरोपित पनि फरार

यसका साथै मध्यराति बलात्कार गरेको आरोप लागेका रुपेश, टिंकु र चन्दन पनि फरार छन् । उनीहरू कसैलाई पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । अहिलेसम्म यो घटनामा पीडितको तर्फबाट आत्महत्या दुरुत्साहनको कसुरमा जाहेरी परेको छ ।

दुरुत्साहनकै कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । बलात्कार भएको आधिकारिक रुपमा पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाइ छ । आरोपितमध्येका रुपेश र रिंकु प्रेम सम्बन्धमा रहेको समेत खुलेको छ ।

दलित भएकै कारण रिंकुलाई रुपेशको परिवारले अस्वीकार गरेपछि उनी आत्महत्या गर्न बाध्य भएको भन्दै आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ । रिंकुका काका राम सदायले दुरुत्साहनको जाहेरी दिएका थिए ।

‘रिंकु र रितेशको पहिलेदेखि नै प्रेम रहेको तर रुपेशको घरपरिवारले नस्वीकार्ने कुरा गरेपछि आत्महत्या गरेको’ काका राम सदायले दिएको जोहरीमा उल्लेख छ ।

यता, रिंकुको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । त्यसको रिपोर्ट आउन बाँकी नै रहेको प्रहरीको भनाइ छ । उक्त रिपोर्टमा बलात्कार रहेको खुलेमा सोही अनुसार अनुसन्धान अघि बढाउने दाबी प्रहरीको छ ।

मजदुरी गर्न भारत पुगेका रिंकुका बुबा बिजुलिया सदाय अहिले घर फर्केका छन् । छोरीको मृत्युपछि परिवारजन शोकमा डुबेका छन् भने डर-त्रासको कारण घटनाबारे बोल्न छाडेका छन् । परिवारले शव भने सद्‌गत गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर