Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

बन्द गर्न अटेर गरेपछि अवैध अस्पतालका सञ्चालक पक्राउ

प्रतिक्षा खबर
२०८१ फाल्गुन १, बिहीबार १९:४८

१ फागुन, जनकपुरधाम । मधेश सरकारको निर्देशनलाई अटेर गर्ने जनकपुरका एक निजी अवैध अस्पतालका सञ्चालक पक्राउ परेका छन् ।

गत शनिबार मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरका २० वटा अस्पतालको छड्के अनुगमन गरेका थिए । त्यस क्रममा दर्ता नरहेका अस्पतालहरूलाई आइतबारसम्म बन्द गरेर साँचो सरकारलाई बुझाउन निर्देशन दिएका थिए ।

तर, दर्ता नरहेको जनकपुर मोडर्न हस्पिटलले निर्देशनको अवज्ञा गर्दै सञ्चालन जारी राखेपछि सञ्चालक राम भरोस महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

मुख्यमन्त्री सिंह र स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहको टोली पुनः अनुगमनमा पुगेपछि सो अस्पताल बन्द नगरेको पाइएको थियो ।

अनुगमन टोलीमा धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी पनि थिए । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुगमन टोलीले मोडर्न हस्पिटलका सञ्चालकलाई प्रहरीको जिम्मा लगाएको जानकारी दिँदै अब आवश्यक कानुनी प्रक्रिया अघि बढ्ने प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर