Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जनताको आधारभुत आबस्यकता पुरा गर्न उम्मेदवारी दिएको स्वतन्त्र उमेदबार झा

प्रतिक्षा खबर
२०७९ आश्विन २४, सोमबार २२:४७

गोपाल झा

 महोत्तरी ,असोज २४ गते

जनताको आधारभुत आवश्यता पुरा गर्नुपर्ने जिम्मा सरकार र जनप्रतिनिधीको रहेको हुँदाहुँदै आफ्नो कर्तब्य बाट बिमुख भएको बेला जनता र देश बिकासका लागी आबस्यकता रहेको भन्दै स्वतन्त्र उमेदबारी दिएर युवाहरु यसपाली अगाडी बढेको छ ।

देश र जनताको बिकासका लागी सरकारी कार्यालयमा बसेर मात्र सेवा गर्ने सोचका साथ शिक्षा हासिल गर्ने सोच परिबर्तन गर्दै जनताको बिच गएर वहाँहरुको बास्तबिक पीडा , आबस्यकता र शिक्षा तथा स्वास्यमा सहज पहुँचका लागी हामी जस्ता उच्च शिक्षा प्राप्त गरेका युवा पिढीको अगाडी बढनु पर्ने सोचका साथ स्तन्त्र उमेदबारी गरेको महोत्तरी क्षेत्र नम्बर ३ ख बाट प्रदेश साँसदमा उठेका पेसाले सिभिल ईन्जिनियर रहेका उज्वल झा को भनाई छ ।

स्वतन्त्र उम्मेदवारी नै किन ? पत्रकारहरुको सबालमा स्वतन्त्र उमेदबार झाले भने सरकारी शिक्षण संस्था र स्वास्थ्य संस्था गुणस्तरीय कसले बनाई दिनु पर्ने हो ? के कम्युनिष्ट र काग्रेशले २००७ सालपछि १० पटक चुनाव जित्दा जनताका यी आधारभुत आवश्यता बारे सोचे ? हामीले १० पटक कम्युनिष्ट र काग्रेशलाई चुनाव जिताउदा सम्म देशका जनताले आधारभुत अधिकार प्रयोग गर्न पाएका छैन ? स्वतन्त्र उम्मेदवार पार्टीको छाहरीमा ओत लाग्न पाउँदैन । जनसेवा बाहेक अन्य स्वार्थ बोक्न पाउदैन । त्यसैले देशमा स्वतन्त्र उम्मेदवार चाहेको छ ।

गाउँदेखि शहरसम्म बस्ने प्रत्येक नेपालीलाई सम्मान अधिकार र पहुँचको बिस्तार गर्न स्वतन्त्र उम्मेदवार चाहिएको छ । नोटमा भोट किन्न खोज्ने पुँजीबाद सोचलाई चिर्नका लागि स्वतन्त्र नेतृत्व चाहिएको छ । दशकौं देखी जनतालाई लुटने व्यवस्था अन्त्य गर्नका लागी स्वतन्त्र नेतृत्व चाहिएको छ । पदको लोभमा पार्टीको गुलामि गर्ने प्रवृति निर्मुल पार्न स्वतन्त्र नेतृत्व चाहिएको छ । शिक्षा, स्वास्थ्य जस्ता आधारभुत बिषयका लागि पनि गर्नुपर्ने खर्च बचाउनलाई स्वतन्त्र नेतृत्वको आवश्यकता छ ।

एक भोटका कारण पाउने पाँच बर्षे शास्तीलाई निर्मुल बनाउन स्वतन्त्र उम्मेवारको खाँचो छ । बिगतमा बुवाले रोजेको पार्टी रोजियो अब छोराछोरीले रोजेको नेतृत्वमा बुवालाई गर्वीलो महसुस गराउन देशमा स्वतन्त्र उम्मेदवार चाहिएको छ । स्वतन्त्र उम्मेदवारलाई जनताले आफ्नो प्रभावमा बाधेर राख्छ । त्यसैले जनताको बिच जनतार्क काम गर्ने प्रतिनिधी छनोट गर्नका लागि स्वतन्त्र नेतृत्व चाहिएको छ । गाउँटोलको मुहार फेर्नका लागि नयाँ नेतृत्व नै चाहिन्छ । बिगतलाई पटक पटक देखेर हामी बुझिसक्यौं ।

पैसाको आडमा पार्टीको टिकट तानेर ल्याउने नेतृत्वले जनतालाई दिएको दुःख बुझन सकेको छैन । जलेश्वरमा मनिपाल कँलेज र अस्पताल जस्ता कुराहरुको नाममा भोट भजाउने बाहेक यहाँका जनताको पीडा बुझेको छैन । जनताले सामान्य खान र लाउनलाई गरेको दुःख बुझ्न सक्ने नेतृत्व अहिले हामीलाई चाहिएको छ ,जो पार्टी नेतृत्वले दिन सकेको छैन । त्यसैले स्वतन्त्र उमेदबारी दिएका छौ ।

झा अगाडी भन्छन् हामीलाई त्यही समाजका दुःख पीडा बुझेर परिवर्तनको लागी स्वतन्त्र उमेदबारी दिएका छौ । समाजका तह तहमा बिद्यमान आधारभुत समस्याको अवाज उठाउन स्वतन्त्र उम्मेदवार चाहिएको छ । बिचार गरौं त पार्टीले गरेको आन्दोलनहरुमा कसले गोली खानु पर्यो ? कसले रगत बगाउनु पर्यो ? नेतृत्वले लिएको दुश्मनी अर्को पार्टीसंग हुनु पर्ने हो कि समाजमा रहेको गरिबी र असामानता संग ? हामीले छान्ने नेतृत्वले सामाजका समस्या संग युद्ध गर्नुपर्छ । अबको नेतृत्वले यहाँका गरिबी संग जोहरी खेल्नुपर्छ । मधेश प्रदेशको शुस्त बिकास संग क्रान्ति गनुपर्छ ।

गरिबी अनि असामानता विरुद्ध क्रान्ती लिने नेतृत्वको खोजी गर्नु जरुरी छ । त्यसैले अबको नेतृत्व स्वतन्त्र उम्मेदवरलाई जिम्मा दिनु पर्दछ । त्यसैले त अहिलेका नेता जनता बीच बिधमान असामान्ताको खाल्डोलाई पुर्दै जनमतको महत्व र जनतागत देखाउनका लागि अब स्वतन्त्र उमेदवारको बिकल्पै छैन ।

जनताले खुन पसिना बगाएर तिरेको करबाट नेताहरुले देशका बिभिन्न ठुलठुला शहरहरुमा महल खडा गरेर मौज गरीरहेको भन्दै वहाँले देशका जनता अब पार्टीगत न भएर जनताको आबस्यकता स्वास्थ्य , शिक्षा , सिचाई , सडक र सुशासनका कायम गराउन आफुलाई अगाडी बढाएको र जनताको चाहना बमोजिम आफु काम गर्ने प्रतिबद्धता गरेका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर