Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

जनतासँग जसपा नेपाल अभियान’ को म्याद थप्ने तयारी

प्रतिक्षा खबर
२०८१ मंसिर १३, बिहीबार ०६:२९
जनता समाजवादी पार्टी (जसपा)नेपालले सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल अभियान’ को म्याद थप्ने तयारी गरेको छ ।

चार महिने सो अभियान मंसिर मसान्तसम्म चल्नेछ । मंसिर मसान्तसम्म सबै पालिकामा सो अभियान सम्पन्न भएन भने म्याद थप्न सकिने सो पार्टीका महासचिव लालबाबु राउतले बताए । उनले भने, ‘अभियानले पार्टीलाई फाइदा नै भइरहेको छ, म्याद थप्दा केही बिग्रिँदैन अहिले २० दिन अझै बाँकी छ सो अवधिमा सबै पालिकामा वडा तहसम्म कार्यक्रम भएन भने म्याद थप्ने सोच रहेको छ ।’

अहिले उपचुनावको माहौल भएकाले नेता तथा कार्यकर्ताहरू त्यसैमा लागेका छन् । बाँकी ठाउँहरूमा अभियान पनि सञ्चालन भइरहेको बताउँदै उनले मंसिरपछि अभियानको समीक्षाका साथै म्याद थप्ने विषयमा छलफल हुने बताए ।

पार्टीका प्रवक्ता मनिष सुमनले पनि केन्द्रीय समितिको बैठक बसेर अभियानको म्याद थप्ने बताए । ‘अहिले जिल्ला जिल्लामा अभियान सञ्चालित छन्, वडा तहसम्म यो अभियान चलिरहेको छ, मंसिर मसान्तसम्म सबै पालिकामा भएन भने म्याद थपिन्छ’, उनले बताए ।

अभियानले पार्टी चलायमान भएको उल्लेख उनले अभियानलाई निरन्तरता दिँदा नै फाइदा हुने बताए ।

जसपा नेपालले जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन  निर्माण अभियानमा सदस्यता वितरण, सङ्गठन निर्माण सँगसँगै पार्टीको सैद्धान्तिक एवं वैचारिक अवधारणालाई महत्वका साथ अगाडी बढाउन निर्णय गरेको छ । जसपा नेपालको आइतबार बसेको सचिवालय बैठकले अभियानको समीक्षा गरेको थियो । अभियानले पार्टीलाई संगठित र व्यवस्थित गरिरहेको निष्कर्ष निकालेको छ ।

अभियानलाई अझ बढी गतिशील र उपलब्धिपूर्ण बनाउन सम्पूर्ण अभियन्ताहरूले कार्यक्षेत्रमा रहेर क्रियाशील भई लाग्नुपर्ने बैठकले निकालेको निष्कर्षको सर्कुलर जिल्ला जिल्लामा पठाई सकेको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

साथै स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालले उम्मेदवारी दिएका क्षेत्रमा पार्टीलाई जिताउन सम्बन्धित क्षेत्रका नेता कार्यकर्ताहरूलाई सक्रियताका साथ परिचालित हुन आग्रह पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर