Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

मधेशमा सरकार सुस्त भएको सत्ता गठबन्धनको निष्कर्ष

प्रतिक्षा खबर
२०८१ कार्तिक २९, बिहीबार २०:२३

२९ कात्तिक, जनकपुरधाम । मधेशमा सत्ता गठबन्धनले जनमत पार्टी नेतृत्वको सरकारको काम सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ ।

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा सतिशकुमार सिंह नेतृत्वको सरकारले बजेट खर्च गर्न नसकेको, काम सन्तोषजनक नभएको विषय उठेको लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतोले बताए ।

उनका अनुसार यो विषयमा मुख्यमन्त्री, मन्त्री र गठबन्धन दलका नेताहरु बसेर बजेट खर्च हुन नसक्नुको कारण र प्रभावकारी ढंगले अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्नेछ ।

जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले सरकार सुस्त भएको, बजेट खर्च गर्न नसकेको, काम प्रभावकारी नभएर जनतामा निराशै निराशा, गुनासै गुनासा रहेको विषय उठेको बताए ।

‘काम गर्न नसकेकाले जनतामा सरकारप्रति निकै निराश, गुनासो, विगतको सरकार भन्दा पनि खतम छन् भन्ने टिप्पणी र नेतृत्वकर्ता दलको हैसियतले बदनामी हुन थालेपछि जनमत संसदीय दलको आह्वानमै गठबन्धनको बैठक बसेको थियो’, उनले भने ।

उनका अनुसार प्रदेश बजेट सूचना प्रणाली (पीएलएमबीआईएस) नखोलिएकोले बजेट खर्चमा चुनौती देखिएकोले तुरुन्त खोल्ने र सरकारको विषयमा समीक्षा भएको छ ।

त्यस्तै गठबन्धन दलको नियमित बैठक बस्नुपर्ने, कामलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपपर्ने लगायत विषयमा छलफल भएको उनले बताए ।

उनका अनुसार यो बैठक जनमतका केन्द्रीय अध्यक्ष डा. सीके राउतकै सल्लाहमा बसेको थियो ।

बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेत कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता समेत रहेका सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, जनमतका प्रदेश सांसद सञ्जय यादव सहभागी थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर