Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

जम्मू–कश्मीरमा एनसी–कंग्रेसको सरकार

प्रतिक्षा खबर
२०८१ आश्विन २२, मंगलवार २०:१६

नयाँ दिल्ली । जम्मू–कश्मीरको विधानसभा चुनावमा नेशनल कन्फ्रेन्स (एनसी) र कांग्रेस गठबन्धनको सरकार बन्ने देखिएको छ ।

चुनावी रुझानअनुसार यो गठबन्धन ४७ सिटमा अगाडि छ । जसमध्ये नेसनल कन्फ्रेन्सले २९ सिट जितेको छ भने कांग्रेसले ५ सिट जितेको छ ।

२९ सिटमा अगाडि रहेको भाजपाले ११ सिट जितेको छ । पीडीपीले २ सिट जितेको छ भने २ सिटमा अगाडि छ । आम आदमी पार्टीले एक सिट मात्रै जितेको छ । ७ सिटमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । यीमध्ये ४ उम्मेदवार विजयी भएका छन् । ९० सिट भएको विधानसभामा बहुमतको संख्या ४६ रहेको छ ।

ओमर अब्दुल्ला जम्मू–कश्मीरको अर्का मुख्यमन्त्री हुने यसैबिच नेशनल कन्फरेन्सका अध्यक्ष फारुक अब्दुल्लाले भनेका छन् । ओमर अब्दुल्लाले दुई सिटमा चुनाव लडेका थिए । उनले बडगाममा जितेकी छन् । गन्दरबलमा उनी लिड गरिरहेका छन् । जम्मू–कश्मीरका पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीकी छोरी इल्तिजा मुफ्तीले श्रीगुफ्वारा–बिजबेहरा सीटबाट हारेकी छिन् ।

‘जनताको निर्णय मान्छु’, इल्तिजा मुफ्तीले भनेकी छिन् । अर्काेतर्फ भाजपा अध्यक्ष रविन्द्र रैना नौशेरा सिटबाट पराजित भएका छन् ।  जम्मू–कश्मीरमा सेप्टेम्बर १८ देखि अक्टोबर १ सम्म ३ चरणमा ६३ दशमलव ८८ प्रतिशत मतदान भएको थियो । १० वर्षअघि सन् २०१४ मा भएको निर्वाचनमा ६५ प्रतिशत मतदान भएको थियो । यसपटक १ दशमलव १२ प्रतिशत कम मतदान भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर