Advertisement
ताजा खबर
बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित

☰

इरान र इजरायलबिच बढ्दो तनावले बढ्दै छ तेलको भाउ

प्रतिक्षा खबर
२०८१ आश्विन १८, शुक्रबार २१:२०

न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । इजरायल र इरानबिच जारी तनावबिच शुक्रबार कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्कको भाउ मूल्य ५ प्रतिशतले बढेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रतिक्रिया पछि तेलको भाउ बढेको हो । गएको सोमबार इजरायलले इरानमाथि मिसाइल आक्रमण गरेयता ब्रेन्ट क्रुडको भाउ १० प्रतिशतले बढिसकेको छ ।

आफ्नो बयानमा उनले इजरायलले इरानको तेल अड्डामा आक्रमण गर्ने सम्भावनाबारे छलफल गरिरहेको बताएका थिए । त्यसपछि पत्रकारहरूले उनलाई कच्चा तेलको मूल्य बढेको विषयमा इजरायललाई इरानको तेल प्रशोधन केन्द्रमा आक्रमण नगर्न आग्रह गरिरहनुभएको हो भनेर सोधेका थिए । ‘मलाई थाहा छ यो सार्वजनिक रूपमा छलफल गर्नु हुँदैन ।’ जवाफमा बाइडेनले भनेका थिए ।

यस्तो हमलाले तेलको मूल्य बढाउन सक्छ कि भनेर सोध्दा उनले ‘आँधीका तुफानका कारण पनि मूल्य बढ्न सक्छ’ भनेर भनेका थिए । बाइडेन दक्षिण–पश्चिम अमेरिकाको भ्रमणमा रहेको बेलामा उनको यो अभिव्यक्ति आएको हो । हेलेन आँधीले ती क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ । आँधीमा परेर कम्तीमा २०० जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर