Advertisement
ताजा खबर

जलेश्वर नगरपालिकाले गरे युवा नीति २०८१ पास

प्रतिक्षा खबर
२०८१ आश्विन ८, मंगलवार २०:००

असोज ८ गते

प्रतिक्षा खबरमहोत्तरी

महोत्तरीको जलेश्वर नगरपालिकाले युवाहरुको समग्र विकासका लागी युवा नीति २०८१ पास गरेका छन् ।

जलेश्वर नगरपालिकाको नगरप्रमुख सुरेश साह सोनार युवा नीति अनुसार जलेश्वरको युवाहरुलाई लक्षीत गरी निति अनुसार काम अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका हुन् । युवा नीति बनाउन अकाउन्टविलिटी ल्याब नेपाल संग सहर्काय गरेका छन् । युवा नीतिको मस्यौदा तयार गर्न वडा अध्यक्ष मनोज कुमार साह, नगरपालिकाको सूचना अधिकृत नितेश चौधरी, नगरपालिका संघको वास अफिसर अकबर अन्सारी, इन्सेक प्रतिनिधि ममता विश्वकर्मा,  युवा क्लब प्रतिनिधि रोशनी पाण्डेय, र सहजकर्ता राकेशप्रसाद चौधरी रहेको अकाउन्टाविलिटी ल्याबको फेलो रोमियो नागवंशी जानकारी गराएकारी गराए । युवा नीतिमा युवाहरुको समग्र विकासका लागी नेतृत्व रोजगारी , उद्धम , रोजगार, क्षमता, र स्वयंसेवासहितका प्रवधानहरु राखेका छन् ।

त्यस्तै नगर युवा परिषद गठन तथा सञ्चालनको लागी नगर युवा कल्ब सञ्जाल तथा नगर पेशागत युवा सञ्जाल नगरप्रमुख सुरेश साह सोनार, उपप्रमुख रोशन खातुन, नगरपालीकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयकुमार साह सहितका प्रतिनिधिहरुको संयुक्त रूपमा मस्यौदा हस्तान्तरण गरीएको इन्सेक प्रतिनिधि ममता विश्वकर्मा जानकारी गराएकी हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर