Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

४० दिनमा सात नेताको हत्या

प्रतिक्षा खबर
२०८१ भाद्र २७, बिहीबार ०८:५६

नयाँदिल्ली । सोमबार बिहान बिहारमा भारतीय जनता पार्टी (भाजपा) का नेता श्याम सुन्दर उर्फ मुन्ना शर्माको गोली हानी हत्या भयो । यो हत्या बिहारको राजधानी पटनाको पुरानो क्षेत्र पटना शहरको चोक थानामा भएको थियो ।

मुन्ना शर्मा भाजपाको पटना सिटी चोकको मण्डल अध्यक्ष भइसकेका थिए । उनी पूजापाठ पनि गराउँथे । उनका पिता रामेश्वर शर्मा पनि जनसंघका कार्यकर्ता थिए । हत्यासँग जोडिएको सीसीटीभी फुटेजमा तीन मोटरसाइकल चालकले फुटपाथमा बसिरहेका मुन्ना शर्मालाई गोली हानेको देखिन्छ ।

बिहार प्रहरीले ट्वीटरमा एक विज्ञप्ति जारी गर्दै मुन्ना शर्माको हत्या ‘टार्गेटेड किलिङ्ग’ भएको भनेको छ । पटना प्रहरीले स्थानीय सञ्चारमाध्यममा ‘डकैतीको प्रयासमा हत्या’ भन्ने कुरालाई अस्वीकार गरेको छ ।

‘मुन्ना शर्मा आफ्नो परिवारको लागि अटो बुक गर्न बिहान लगभग साढे चार बजे निस्किएका थिए । उनी सडकको छेउमा बसेर पर्खिरहेको थिए । यति नै बेला मोटरसाइकल सवार तीनजना उनको नजिकै आएर रोकिए र गोली हाने । फुटेज हेर्दा आक्रमणकारीहरुले मुन्ना शर्मालाई नै निशाना बनाइएको प्रष्ट देखिएको छ’ प्रहरीले भनेको छ ।

परिवारले कुनै किसिमको झगडा वा शत्रुता भएको बताएको छैन । उनी हरेक बिहान टहल्न जान्थे र उनको यो बानी अपराधीहरूलाई थाहा थियो । मुन्ना शर्माको हत्यापछि भाजपा कार्यकर्ताले सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन् । पछिल्लो एक महिनामा पटना शहर क्षेत्रमा दुई बीजेपी नेताको हत्या भइसकेको छ ।

४० दिनमा ७ नेताको हत्या

बिहारमा अगस्ट १ देखि सेप्टेम्बर ९ सम्म राज्यका विभिन्न भागमा कम्तिमा सात नेताको हत्या भएको तथ्यांक छ । तथ्यांकले बिहारमा राजनीतिक दलसँग सम्बन्धित नेताहरूको हत्या भएको देखाएको छ । यस अवधिमा भाजपाका मुन्ना शर्मा, अजय साह र पश्चिम चम्पारणमा जेडीयू नेता विभव राई, सहरसामा जेडीयू नेता जवाहर यादव, हाजीपुरमा आरजेडी नेता पंकज राई र मुंगेरमा भाजपा नेता बंटी सिंहको हत्या भएको छ ।

सोमबार साँझ बिहारको अरवलमा स्थानीय सीपीआई–एमएल नेता सुनील चन्द्रवंशीको गोली हानी हत्या गरिएको थियो । सुनिल पार्टीको अरवल जिल्ला कमिटी सदस्य थिए । सेप्टेम्बर ९ को साँझमा उनी मोटरसाइकलबाट घर फर्किंदै गर्दा अपराधीले उनलाई हमला गरेका थिए ।

अर्का भाजपा नेताको हत्या

मुन्ना शर्माको घरबाट करिब पाँच किलोमिटर टाढा अजय साहको घर छ । अजय साह भाजपाका नेता थिए । उनको पनि अगष्ट १३ मा हत्या भएको थियो । ५० वर्षीय अजयलाई घर नजिकैको पसलमा अपराधीहरूले सात पटक गोली हानेका थिए ।

नेताहरुको हत्या हुनेमा बिहार भारतमै दोस्रो स्थानमा छ । सन् २०२२ मा झारखन्डमा १७ जना राजनीतिक नेताको हत्या भएको थियो भने बिहार र ओडिशामा आठ/आठ जना राजनीतिक हत्या भएको थियो ।

सो राज्यमा राजनीतिज्ञहरूको मात्रै हत्या भइराखेको छैन, धम्की समेत आउने क्रम जारी भएका खबर आइरहेका छन् । पछिल्लो समय तीन जना सांसदले स्थानीय प्रहरी थानामा आफूलाई धम्की आएको उजुरी गरेका छन् ।

भाजपाका सांसद प्रदीप सिंह, लोजपा–आरका (खगरियाका) सांसद राजेश वर्मा र आरजेडीका बक्सर सांसद सुधाकर सिंहले उजुरी गरेका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर