Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

एक होटलमा आगलागी, ७ जनाको मृत्यु

प्रतिक्षा खबर
२०८१ भाद्र ७, शुक्रबार १२:२८

सोल । दक्षिण कोरियाको बुचान शहरमा एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । यस घटनामा अन्य एक दर्जन मानिस घाइते भएको बताइएको छ । घटनास्थलमा आगो निभाउन आएको अग्नि नियन्त्रण विभागले ओछ्याएको एयर म्याट्रेसमाथि हाम फाल्ने क्रममा २ जनाको मृत्यु भएको थियो । म्याट्रेस पल्टिँदा ती दुई जनाको ज्यान गएको बताइएको छ ।

विद्युतीय त्रुटीका कारण होटलको आठौं तलाबाट आगलागी सुरु भएको थियो । अन्य घाइतेहरू भने सोही तलामा भेटिएका थिए । आगो भवनभरि फैलिन नपाए पनि होटलका कोठाहरूमा आगो निभाउन स्प्रिंकलर नहुँदा क्षति धेरै नै भएको बताइएको छ । नौ तले सो भवन सन् २००३ मा बनेको थियो । त्यतिबेला दक्षिण कोरियामा नवनिर्मित भवनमा स्प्रिंकलर जडान गर्नुपर्ने कानुन बनेको थिएन ।

आगो बिहीबार स्थानीय समयअनुसार साँझ ७ः३९ मा लाग्न शुरु भएको थियो । राति १०ः२६ सम्मा आगो पूरै निभाइएको अग्नि विभागले बताएको छ । होटलका व्यवस्थापकहरूको लापरवाहीका कारण सो घटना घटेको हो कि भनेर प्रहरीहरूले छानबिन गरिरहेका छन् । अग्नि विभागले प्रयोग गरेको एयर म्याट्रेसबारे पनि छानबिन भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर