Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

जनता समाजवादी पार्टीको बैठक सिंहदरबारमा शुरू

प्रतिक्षा खबर
२०७७ फाल्गुन २५, मंगलवार १५:४२

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठक सिंहदरबारमा शुरू भएको छ
पछिल्लो राजनीतिक घटनाक्रम र आगामी कदमबारे छलफल गर्न जसपाले बैठक बोलाएको हो ।
दिउँसो १ बजे बोलाइएको बैठक साढे १ बजे शुरू भएको छ ।
सर्वाेच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र कायम भएर सत्ता समीकरण फेरबदल हुने चर्चाबीच जसपा छलफलमा जुटेको छ ।
जसपा बैठक हुनुअघि एकीकरण पूर्वका साविक राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीका सांसदले छुट्टाछुट्टै भेला गरेका थिए ।
साविक समाजवादी पार्टीका सांसद छुट्टै बैठक सोमवार गरेका थिए भने राजपाको बैठक दिउँसो १२ बजे बसेको थियो ।
एकीकरण भइसकेको महिनौंपछि पनि सत्ता समीकरणको खेल चलिरहेका बेला साविकका पार्टीले छुट्टाछुट्टै भेला गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेलाई बाहिरै राखेर सरकार बनाउन जसपा निर्णायक भूमिकामा रहेको छ ।
प्रतिनिधि सभामा जसपाका ३४ सांसद भएपनि २ जना निलम्बित रहेका छन् । एकीकरण हुनुअघि राजपा र समाजवादीका १७/१७ सांसद थिए ।
सभार लोकान्तर संवाददाता

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर