Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

माधव–उपेन्द्र पार्टी एकताको बाटोमा

प्रतिक्षा खबर
२०८१ जेष्ठ १९, शनिबार २२:५५

सत्ता समिकरणको सवालमा यतिबेला फेरि नेपाली राजनीति दुई कित्तामा ध्रुविकृत भएको छ । सत्तापक्षले जसरी पनि सरकार टिकाइराख्न अनेक हत्कण्डा अपनाउन उद्धत छ । यता, प्रतिपक्षमा रहेका दलहरुले पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको कुर्सीबाट अलग्याउने दाउमा लागिपरेको छ ।
संसदीय निर्वाचन भएको डेढ वर्ष नपुग्दै तीन वटा गठबन्धन फेरिसकेर पनि सत्तामा टाँसिइरहेका दाहालले तल जति हेरफेर भएपनि सरकारको नेतृत्वमा टिकिरहने जोगारमा तल्लिन छन् । यता प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाली कांग्रेसले जसपा नेपाल, एकीकृत समाजवादी, राप्रपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी लगायत दललाई समेटेर बहुमत पुरयाउने कसरतमा छ ।
जसपा नेपाललाई सत्ताकै कारण फुटाइएको घटना सेलाइसकेको छैन । त्यस्तै परे एकीकृत समाजवादी पार्टीलाई पनि फुटाउन सकिने सम्भावना देखिएपछि माधव नेपाल पनि चिन्तित छन् । जसपालाई फुटको मान्यता अदालतबाट पाउने सम्भावना कम देखिरहेका उनले भोली आफ्नो पार्टीसँग पनि त्यहीँ हविगत हुन सक्ने अनुमान गरेर बचाउको उपायमा लागिरहेका छन् ।
स्रोतको अनुसार माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबीच पार्टी एकताको प्रयास सुरु भएको छ । जसपालाई अदालतले फुटको मान्यता नपाउनेगरी आदेश आइहाल्ने बित्तिकै यी दुई पार्टी एकीकरण भएर संसदमा चौथो ठूलो दल बन्ने दाउमा लागेको हो ।
फुटको मान्यता नपाउँदासम्म जसपा नेपाल कानुनतः राष्ट्रिय राजनीतिक दलको सूचिमा छ । माधव नेपालको एकीकृत समाजवादी पार्टी भने राष्ट्रिय दलको मान्यता पाउन सकेको छैन । यी दुवै एकीकरणसम्मकै निर्णयमा पुगे राष्ट्रिय दलको रुपमा मात्रै स्थापित हुँदैन । दाहाल नेतृत्वको सरकारलाई धक्का दिनसम्मको हैसियतमा पुग्न सक्ने स्थिति छ । त्यसैले घनिभूत रुपमा छलफलगरी यी दुई दल एकता प्रक्रियामा अघि बढेको स्रोतको भनाई छ ।
संसदको अंकगणित अनुसार सरकार बनाउन न्युन्तम सांसदको संख्या १३८ आवश्यक पर्छ । अहिले प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाली कांग्रेससँग ८९ जना सांसद छन् । जसपा फुटको मान्यता नपाएको अवस्थामा माधव–उपेन्द्र मिले २२ जना पुग्छ । राप्रपासँग १२ जना सांसद छन् । जनमतका ६, लोसपाका ४ र नागरिक उन्मुक्ति पार्टीसँग ४ र राष्ट्रिय जनमोर्चा मिलेर तत्काल बहुमत कायम गरी नयाँ सरकार बनाउन सक्ने सम्भावना देखिन्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर