Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी
☰

१० महिनामा ४१४ जना बालबालिका बेपत्ता

प्रतिक्षा खबर
२०८१ जेष्ठ १७, बिहीबार १४:२१

वीरगन्ज । यही जेठ ९ गते पर्साबाट एक १४ वर्षीया बालिका हराइन् । जगरनाथपुर गाउँपालिकाको वडा नम्बर ६ बाट पूजा कुमारी हराएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । घरबाट निस्केकी पूजा भने अहिलेसम्म हराएकी सूचीमा रहेको पर्सा प्रहरी बताउँछ ।
५ फिट उचाइ भएकी पूजा एकाएक हराउनुको कारण न घरपरिवारलाई थाहा छ नत प्रहरीलाई नै । उनी हराएकी आज ६ दिन भइसकेको छ । कसैको सम्पर्कमा नआएपछि उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।
त्यस्तै, गत माघ १० गते धनुषा जिल्लाबाट ७ वर्षीय बालक बेपत्ता भए । क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ घर भएका (हाल जनकपुर–४) ७ वर्षीय बालक घरबाट निस्केर कहाँ गए, त्यसको अत्तोपत्तो छैन ।
उनी अहिलेसम्म प्रहरी वा घरपरिवारको सम्पर्कमा आएका छैनन् । उनको नाम मधेस प्रहरीको खोजीकै रेकर्डमा दर्ज छ ।
यसै गरी, माघ महिनाकै २५ गते सर्लाहीबाट एक जना बेपत्ता भए । बागमती नगरपालिका–७ निवासी कृष्णा ठाकुर अचानक बेपत्ता भएको प्रहरीमा सूचना आयो । तर चार महिना बितिसक्दा पनि उनी अहिलेसम्म परिवारको सम्पर्क आउन सकेका छैनन् । अर्थात् उनी अझै बेपत्ताकै सूचीमा छन् ।
मधेस प्रदेशमा चालू आर्थिक वर्षको १० महिनामा मात्रै १ हजार ८४ जना बालबालिका हराएको उजुरी प्रहरी कहाँ दर्ता भएका छन् । यो साउनदेखि वैशाखसम्ममा बेपत्ता भएका बालबालिकाहरूको विवरण हो ।
यसमध्ये ४ सय भन्दा बढी बालबालिका अझ बेपत्ताकै सूचीमा छन् । अर्थात् हराएकाहरूमध्ये आधा जति बेपत्ता बालबालिकाहरू अझै परिवारका सम्पर्कमा नआएको प्रहरीको रेकर्ड छ । बेपत्ता भएका ती बालबालिकाहरूको खोजी जारी रहेको प्रहरी बताउँछ ।
कुन जिल्लाबाट कति हराए ?
पर्सादेखि धनुषासम्म गरी ८ वटै प्रदेशबाट बालबालिकाहरू बेपत्ता भइरहेका छन् । तथ्याङ्क हेर्ने हो भने चालू आर्थिक वर्षको १० महिनामा पर्साबाट १६३, बाराबाट १४०, रौतहटबाट ९९, सर्लाहीबाट १६३ जना बालबालिका बेपत्ता भएको प्रहरी तथ्याङ्क छ ।
यसै गरी महोत्तरीबाट ९२, धनुषाबाट १७०, सिराहाबाट १६८ र सप्तरीबाट ८९ जना बालबालिकाहरू हराएको मधेस प्रदेश प्रहरी प्रवक्ता सुवासचन्द्र बोहरा बताउँछन् । उनका अनुसार हराउनेहरूमा बालिकाको सङ्ख्या धेरै देखिएको छ, जुन गम्भीर चिन्ताको विषय हो । बालिकाहरू बढी हराउनु राम्रो सङ्केत नभएको उनी बताउँछन् ।
हराउनेमा ९० प्रतिशत बालिका
प्रदेशभरिबाट हराउने कूल बालबालिकाहरूमध्ये ९० प्रतिशत बालिका रहेको प्रहरीको तथ्याङ्क छ । यो १० महिनाको अवधिमा प्रदेशबाट हराएका बालबालिकाहरूमध्ये ९१२ जना बालिका छन् ।
बालिका बेपत्ता हुने विवरण जिल्ला गत रूपमा हेर्ने हो भने पर्साबाट १३३, बाराबाट १२०, रौतहटबाट ८५, सर्लाहीबाट १४०, महोत्तरीबाट ८२, धनुषाबाट १४५, सिराहाबाट १४२ र सप्तरीबाट ६५ बालिका हराएको उजुरी दर्ता भएको प्रहरीको तथ्याङ्क छ ।
यद्यपि, दश महिनामा हराएका कूल बालबालिकामध्ये प्रहरीले ६ सयभन्दा बढीको उद्धार पनि गरेको छ । आठवटै जिल्लाबाट हराउने बालबालिकाहरूमध्ये ६ सय ७० जना बालबालिकाको उद्धार भएको मधेस प्रदेश प्रहरीको तथ्याङ्क छ । यसलाई आधार मानेर हेर्ने हो भने प्रदेशबाट ४१४ जना बालिबालिका अझ बेपत्ता छन् ।
प्रदेश प्रहरी प्रवक्ता बोहराले बालबालिकाहरू बेपत्ता हुँदा आफन्तले प्रहरीमा उजुरी दिने तर उनीहरू फेला पर्दा प्रहरीलाई जानकारी नदिँदा पनि हराउनेहरूको सङ्ख्या बढी देखिएको तर्क गर्छन् । उनी भन्छन्, ‘हामी कहाँ सुरुमा हराएको सूचना आउँछ, त्यो प्रहरी रेकर्डमा लेखिन्छ । पछि ती बालबालिकाहरू फेला प¥यो भने उनका अभिभावकहरू भने फेला परेको बारे जानकारी गराउँदैनन्, जसका कारण बेपत्ता भएर फेला परेकाहरूको पनि नाम त्यही सूचिमा रहिरन्छ । तर उनीहरू बेपत्ता भएका चाहिँ हुँदैनन् ।
त्यस्तै, कामको खोजी, बिहे गरी भाग्ने र सीमा पार जाने हुँदा बालबालिकाहरू हराइरहेको मधेस प्रहरीको विश्लेषण छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर