Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

प्रदेश २ का सभामुखले छोडे राजेन्द्रको साथ, रोजे उपेन्द्र

प्रतिक्षा खबर
२०७८ भाद्र २५, शुक्रबार ०४:४४

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वरिष्ठ नेता राजेन्द्र महतोनिकट मानिने प्रदेश २ का सभामुख सरोज यादवले संघीय समाजवादी पार्टी नेपाल (जसपा) रोजेका छन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन भएर लोसपा निर्माण भएको हो । लोसपा अध्यक्षमा महन्थ ठाकुर र वरिष्ठ नेतामा महतो रहेका छन् । वरिष्ठ नेता महतो निकट मानिने धेरै नेताहरुले उनको साथ छोडेका छन् । पछिल्लो समयमा प्रदेश २ का सभामुख रहेका यादवले पनि महतोको साथ छोडेका हुन् ।
जसपा विभाजन भएर लोसपा दर्ता भएपछि निर्वाचन आयोगले २२ भदौसम्ममा दल रोज्न समय सिमा तोकेको थियो । तर सभामुख यादवले लोसपाको पक्षमा हस्ताक्षर नगरेपछि उनी जसपामै रहेको देखिन्छ ।
सभामुख भएपछि कुनै दलगत गतिविधि गर्न मिल्दैन । त्यही भएर पनि उनले लोसपाको पक्षमा सनाखत नगरेको बताइन्छ । तर निर्वाचन आयोगका सहायक प्रवक्ता एवं उपसचिव कोमलप्रसाद धमलाले प्रदेशसभा सदस्य भएकै कारण सभामुख चयन गरिएको हुनाले विभाजित दलका प्रदेशसभा सदस्यले नयाँ दलमा सामेल हुन चाहेमा सनाखत गर्नैपर्ने प्रस्ट पारे । नयाँ दलको पक्षमा सनाखत नगरेका प्रदेशसभा सदस्य स्वतः मूल पार्टीमै रहेको मानिने उनले बताए ।
सभामुख यादव लामो समयसम्म महतोसँगै रहेर तत्कालिन सद्भावना पार्टीमा सक्रिय थिए । सदभावना पार्टीसहित मधेसवादी ६ दलहरु मिलेर राजपा घोषणा भएको थियो । पछि राजपा र संघीय समाजवादी पार्टीबीच एकीकरण भएर जसपा बनेको थियो । लोसपाका वरिष्ठ नेता महतोकै कोटामा यादव सभामुख भएका थिए ।
यसअघि नै महतो पक्षका राष्ट्रियसभा सदस्य एवं कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादव, कार्यकारिणी सदस्य एवं प्रदेश २ सांसदसमेत रहेका समाजिक विकासमन्त्री नवलकिशोर साह, संघीय सांसदहरु प्रमोद साह, अमृता अग्रहरि, नरमाया ढकाल, प्रदेश २ का सांसद मनिष सुमन, डा. रिना यादव, अञ्जु यादव, निरा साहले पनि महतोको साथ छाडिसकेका छन् । महतो समूहमा रहेका यि नेता जसपामै रहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर