Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

साेनमा गाउँपालिकामा राउतका कार्यकर्ताले निकाले सिटी जुलुस

प्रतिक्षा खबर
२०७८ कार्तिक ९, मंगलवार १५:४७

सीके राउत नेतृत्वको जनमत पार्टीले आफनो कार्यकर्ताको
रिहाइको माग राख्दै पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु गरेको छन । जनमत पार्टीको आइतवार जनकपुरधाममा वसेको केन्द्रिय वैठकबाट पहिलो चरण अन्तरगत ९ दिन सम्म चरणवद्ध आन्दोलनका कार्यक्रमण घोषणा गरेको हो ।कार्यक्रमहरुमा सिटी जुलुस देखि सर्वपक्षीय जनआन्दोलनको कार्यक्रम सम्म रहेको छ । जनमत पार्टीले निर्धारण गरेअनुसार विभिन्न पालिकामा सिटी जुलुस निकाल्ने भएको छ । राउतले निर्धारण गरेअनुसार साेनमा गाउँपालिकाकाे विभिन्न वडामा समेत कार्यक्रम गरेका छन ।दर्जनाैकाे संख्यामा रहेकाे राउतका कार्यकर्ता गाउँपालिकाकाे अगाडि साइकल चाेर सरकार छाेर ,हाम्राे कार्यकरता रिहा गर लगायतका नारा लगाएका छन ।
पार्टीले घोषणा गरेको कार्यक्रम अनुसार कार्तिक ८ गते सोमवार जिल्ला स्तरीय वैठक राख्ने,जिल्लामा आन्दोलनको समिति वनाउने र जिल्ला कार्यकारिणी समितिबाट हरेक पालिकालाई आन्दोलनको लागिथ तयार गर्न अनुगमन अधिकारी तोक्ने साथै सोहि दिन हरेक जिल्लाको सदरमुकाममा सिटी जुलुस निकाल्ने भएको छ भने कार्तिक ९ गते मंगलवार गाउपालिका स्तरीय वैठक राख्ने,पालिका स्तरीय आन्दोलन समिति वनाउने र पालिकामा बाइक रयाली गर्दै नारा माइंकिङ्ग गराउने निर्णय गरेको छ ।त्यसैगरि कार्तिक १० गते बुधवार हरेक वाडमा आन्दोलन समिति वनाउने,वडामा कोणसभा गर्ने र मशाल जुलुस निकाल्ने कार्यक्रम तय गरेको छ भने कार्तिक ११ गते वडामा युवा दस्ता प्रशिक्षण दिएर आरापार आनदोलनको तयारी गर्ने भएको छ । कार्तिक १२ गते जिल्ला सदरमुकाममा मशाल जुलुस प्रर्दशन,कार्तिक १३ गते अधिवेशनका कार्यक्रम सम्पन्न गर्ने कार्यक्रम राखिएको जारी विज्ञप्ती माफर्त जनाइएको छ । त्यस्तै कािर्तक १४ गते केन्द्रिय कार्यकारीणी समिति र जिल्ला कार्यकारिणी समितिको वैठकले समीक्ष गरी आन्दोलनको थप कार्यक्रम ल्याउने तय गरेको छ ।भने कार्तिक १५ गते सोमवार गाउपालिकाको ठुलो वजार र हटियाहरुमा कोणसभा गरेर माग जनता समक्ष अवगत गराउने कार्यक्रम राखेको छ । कार्तिक १६ गते वडा र टोलहरुमा कोणसभा र अन्तरक्रिया कार्यक्रमहरु गरेर माग जनता समक्ष अवगत गराउने,,सवै जनता आनदोलनमा आउने गरी सर्वपक्षीय जनआन्दोलनको तयारी गर्ने लगायतको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर