Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जनता समाजबादी पार्टी नेपाल बाट छुट्टिएर बनेको लोसपालाई आफ्ना कार्यकर्ता जोगाउन पनि मुश्किल, तनावमा ठाकुर

प्रतिक्षा खबर
२०७८ भाद्र १८, शुक्रबार २१:१८

जनता समाजवादी पार्टी(जसपा)बाट छुट्टिएर बनेको लोसपा ( लोकतान्त्रिक समाजवादी पार्टी) लाई सप्तरी जिल्लामा आफ्नै कार्यकर्ता जोगाउनै हम्मेहम्मे परेको छ ।
तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बाट चुनाव जितेका स्थानीय तहका जनप्रतिनिधिहरुले समेत साथ छाडेपछि लोसपालाई समस्या भएको हो ।
राजपाबाट निर्वाचित पाँच पालिका प्रमुखहरुमध्ये तिलाठी कोइलाडी गाउँपालिका प्रमुख सतिश कुमार सिंह बाहेक अन्य पालिका प्रमुखहरु जनता समाजवादी पार्टीमै बस्ने निष्कर्षमा पुगेका छन् । जिल्ला निर्वाचन कार्यालयमा हालसम्म एकमात्र पालिका प्रमुख सनाखत गरेका छन् ।
तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित राजविराज नगरपालिका मेयर शम्भुप्रसाद यादव, हनुमाननगर कङ्कालिनी नगरपालिका मेयर शैलेश कुमार साह, डाक्नेश्वरी नगरपालिका मेयर शिवनारायण साह र रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव जसपामै बस्ने बताइएको छ ।
पालिका प्रमुखहरु एक साताअघि जनकपुरधाममा आयोजित जसपाको सुज अभियानको कार्यक्रममा समेत सहभागी भएका थिए । जसपाका प्रदेश सचिव एवम् प्रचार विभाग प्रमुख दिनेश कुमार यादवका अनुसार चार पालिकाका प्रमुखहरु पार्टीले आयोजना गरेका बैठकहरुमा सहभागी भई पार्टीलाई थप सबल बनाउने कार्यमा जुटेका छन् ।
तिलाठी कोइलाडी गाउँपालिकाकै उपाध्यक्ष सुचिता कुमारी यादव जसपामै तथा तत्कालिन राजपाबाट निर्वाचित राजविराज नगरपालिकाका उपमेयर साधना झाले लोसपामा सनाखत गरेका छन् ।
लोसपाका नेताहरु भएभरको बुता लगाएर जनप्रतिनिधि रिझाउन प्रयासरत रहे पनि उनीहरुको तटस्थतताका कारण परिणाम भने शुन्य जस्तै देखिएको छ ।
जसपाबाट बोदेवर्साइन नगरपालिका, खडक नगरपालिका, महदेवा गाउँपालिका, तिरहुत गाउँपालिका र बलान बिहुल गाउँपालिका सहित पाँच पालिकाको प्रमुख तथा उपप्रमुख पदमा निर्वाचित भएका थिए ।
पार्टी एकीकरण भएपछि नयाँ शक्ति पार्टीबाट सूर्यनारायण मण्डल समेत गरी जसपाको ६ पालिकामा प्रमुख रहेका छन् । राजपाका चार पालिका प्रमुख जसपामै रहने भएपछि अब जसपाको पक्कडमा १० ओटा पालिका भएको छ । लोसपाले अब एक मात्र तिलाठी कोइलाडी गाउँपालिकामै चित्त बुझाउनुपर्ने अवस्था रहेको स्रोतले जनाएको छ ।
कुल १८ पालिका मध्ये अब १० ओटा पालिकामा जसपाको नेतृत्व स्थापित भएको छ । लोसपाको पक्षमा सनाखत गर्नेहरु गईसकेको तथा संघीयता, लोकतन्त्र र अग्रगमनका पक्षधर जनप्रतिनिधिहरु स्वतः जसपामै रहेर सङ्गठनको हितमा काम गरिरहेको पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर