Advertisement
ताजा खबर

गठबन्धनको बैठक बस्दै, राष्ट्रपतिको प्रस्तावक र समर्थकको टुंगो लगाउने

प्रतिक्षा खबर
२०७९ फाल्गुन १३, शनिबार १२:२६

१३ फागुन, काठमाडौं । आठ दलीय सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्दैछ । राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन बैठक बस्न लागेको हो ।
संघीय संसदको लोहत्से हलमा दिउँसो १ बजे बैठक बस्ने तय भएको नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।
नयाँ गठबन्धनले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेत रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर