Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

भारतमा एकैदिन ९० हजार ६३३ जनामा कोरोना संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ भाद्र २१, आईतवार १५:३९

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का ९० हजारभन्दा धेरै संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ६३३ नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको समग्र संख्या ४१ लाख १३ हजार ८१२ पुगेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ७० हजार नाघेको छ । अहिलेसम्म भारतमा कारोना भाइरसको कारण ७० हजार ६२६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार ६५ जनाको मृत्यु भएको हो ।
भारतमा निरन्तर कोरोना भाइरसका संक्रमित संख्या बढ्दो क्रममा रहेको छ । अहिले भारत विश्वमा सबैभन्दा धेरै नयाँ संक्रमित र मृतक भेटिने मुलुक बन्न पुगेको छ । पछिल्लो केही दिनयता भारतले निरन्तर कोरोना भाइरसका नयाँ संक्रमित संख्यामा नयाँ रेकर्ड बनाउँदै आएको छ । यद्यपि भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने तुलनात्मकरुपमा कम छ । भारतले पनि यसैलाई आफ्नो सफलता बताउँदै आएको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिले विश्वभरमा भारत संक्रमित संख्याको आधारमा तेस्रो स्थानमा छ । पहिलो स्थानमा अमेरिका र दोस्रोमा ब्राजिल छ । तर, भारत ब्राजिलभन्दा धेरै पछि छैन ।
अहिले भारतमा कोरोना भाइरसको कारण सबैभन्दा बढी प्रभावित बनेको महाराष्ट्रमा अहिलेसम्म आठ लाख ६० हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । यो राज्यमा अहिलेसम्म कोरोना भाइरसको कारण २६ हजार २७६ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै संक्रमित संख्याको आधारमा दोस्रो सबैभन्दा बढी प्रभावित आन्ध्र प्रदेशमा अहिलेसम्म चार लाख ८७ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् भने चार हजार ३४७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा पनि चार लाख ५५ हजारभन्दा धेरै संक्रमित फेला पर्दा सात हजार ७४८ जनाको मृत्यु भइसकेको छ ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका ३१ लाख ८० हजारभन्दा धेरै संक्रमित निको भएर फर्किसकेका छन् भने आठ लाख ६२ हजारभन्दा धेरै संक्रमित निको हुन बाँकी छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर