Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

प्रचण्ड गठबन्धन छाडेर आए प्रधान मन्त्रीकाेलागि संवाद गर्न एमाले त्यार

प्रतिक्षा खबर
२०७९ पुष ७, बिहीबार २१:१२

७ पुस, काठमाडौं । नेकपा एमालेले सत्ता गठबन्धन छाडेर आएको अवस्थामा माओवादी केन्द्रसँग सहकार्य हुनसक्ने संकेत गरेको छ ।
प्रतिनिधिसभा सदस्यहरुको शपथकै दिन बिहीबार एमालेको सचिवालय बैठक बसेको थियो, जसमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।
एक पदाधिकारीका अनुसार ओलीले सत्ता गठबन्धन कायम रहँदासम्म एमालेले कुनै विकल्पमा पहल लिन सक्ने अवस्था नभएको बताए । तर सबै पक्षसँग संवाद भइरहेको भन्दै उनले यसलाई थप गति दिनुपर्नेमा जोड दिएका छन् । ओलीले एमालेको तीन वटा चासो रहेको बताए ।
पहिलो, राजनीतिक स्थायित्व
दोस्रो, ओरालो लागेको अर्थतन्त्रलाई लयमा फर्काउने
तेस्रो, राष्ट्रिय एकतालाई बलियो बनाउने
साँस्कृतिक विचलन देखिन थालेको भन्दै उनले बेलैमा नरोके मुलुक राजनीतिक अराजकतामा जानसक्ने बताएका छन् । यसका लागि पनि सबैसँग संवाद गर्नुपर्ने उनले बताए ।
सरकार गठनका सन्दर्भमा सत्ता गठबन्धन कसरी अगाडि जान्छ भन्ने हेर्नुपर्ने ओलीले बताए । एमालेका एक पदाधिकारी भन्छन्, ‘अध्यक्षले कांग्रेस र माओवादी सबैसँग कुराकानी भइरहेको छ । प्रचण्डजीले गठबन्धन छोडेर आउनुभयो भने खुला सम्वाद गर्न सकिन्छ भन्नुभएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दै आएका छन् । तर प्रतिनिधिसभाकै ठूलो दल कांग्रेसले पनि नेतृत्व दाबी गरेको छ ।
एमालेमा कांग्रेससँग मिलेर सरकार बनाउनपर्ने मत पनि छ । तर बिहीबारको बैठकमा ओलीले भने गठबन्धन छाडेर आए प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्ने संकेत गरेको एक नेताले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर