Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

संयुक्त लोकतान्त्रिक मोर्चाको सचिवालय गठन

प्रतिक्षा खबर
२०८२ जेष्ठ १, बिहीबार २१:४६

काठमाडौँ।  विभिन्न सात राजनीतिक दलहरूको सम्मिलनमा बनेको संयुक्त लोकतान्त्रिक मोर्चाले आफ्नो सचिवालय गठन गरेको छ। सचिवालयमा प्रत्येक दलबाट एक–एक जना प्रतिनिधि सहभागी गराइएको छ।

जनता समाजवादी पार्टीबाट रामकुमार शर्मा, जनता प्रगतिशील पार्टीबाट उपाध्यक्ष डा.शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, जनमत पार्टीबाट अब्दुल खान, तमलोपा (तराई–मधेस लोकतान्त्रिक पार्टी) बाट ब्रजकिशोर सिंह र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ज्ञानेन्द्र झालाई सचिवालय सदस्यमा चयन गरिएको हो।

जनता प्रगतिशील पार्टीका उपाध्यक्ष डा.शिवजी यादवका अनुसार उन्मुक्ति पार्टीबाट सचिवालयका लागि प्रतिनिधि चयन प्रक्रिया अझै बाँकी रहेको छ। सचिवालयले मोर्चाको रणनीति, कार्यक्रम तथा साङ्गठनिक समन्वयमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ।

संयुक्त लोकतान्त्रिक मोर्चाले राष्ट्रिय राजनीतिमा वैकल्पिक धारको निर्माण गर्दै जनताको मुद्दा उठाउने उद्देश्य लिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर