नागेन्द्र कुमार यादव
महाेतरीकाे अाैरही नगरपालिका ७भाेइलमा चारकाेठे भवनकाे शिलान्यास भएकाे छ । नगरपालिकाकाे ३०लाखकाे लागतमा राम विलास यादव मा वि काे चार काेठे भवनकाे शिलान्यासभइ कार्य शुरुभएकाे नगर प्रमुख सुनिल कुमार यादवले जनाएकाे छ । साेमबार दिनकाे १०बजे एक कार्यक्रमबिच नगपालिकाकाे नगर प्रमुख सुनिल कुमार यादवले विभिन्न वडाका वडा अध्यक्ष ,स्थानिय र विभिन्न पार्टीका नेताहरुकाे उपस्थितिमा शिलान्यास गरेका हन ।शिलान्यास कार्यक्रममा अाैरही नगरपालिकाका नगरप्रमुख सुनिल कुमार यादव,तथ वडा नम्बर ७का वडा अध्यक्ष एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका गणेश यादव,वडा नम्बर ८का वडा अध्यक्ष नबल किशाेर चाैधरी,वडा नम्बर ९का वडा अध्यक्ष गाैरि शंकर झा ,विद्यालयका प्र अ ,शिक्षकहर,चन्दा दाता, विभिन्न राजनेतिक दललगायत स्थानियहरुकाे उपस्थितिरहेकाे थियाे ।







