Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

कोभिड १९ विरुद्धको खोप कार्यक्रमलाई युद्ध स्तरमा अघि बढाउन मुख्यमन्त्री राउतको निर्देशन

प्रतिक्षा खबर
२०७८ पुष १८, आईतवार २०:०८

रामगाेपालपुर, पुस १८ । मुख्यमन्त्री लालबाबु राउतले कोभिड १९ विरुद्धको खोप कार्यक्रमलाई युद्ध स्तरमा अघि बढाउन निर्देशन दिनु भएको छ ।
कोभिड १९ विरुद्धको खोप कार्यक्रम अभिवृद्धिका लागी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम तथा प्रदेश निर्देशक समितिको आज बर्दिवासमा सम्पन्न बैठकलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो निर्देशन दिनु भएको हो ।
पुष मसान्त भित्र ६६ प्रतिशत नागरिकलाई कोभिड १९ विरुद्धको खोप दिनु पर्ने राष्ट्रिय लक्ष्यलाई पुरा गर्न प्रदेश भित्र युद्ध स्तरमा खोप कार्यक्रम संचालन गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
कोभिड १९ को महामारीलाई नियन्त्रणमा लिन प्रदेशमा स्वास्थ्यकर्मीहरुले गरेको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले खोप अभियान पनि सफल हुने विश्वास व्यक्त गर्नु भयो ।
प्रदेशमा खोप पर्याप्त मात्रामा रहेको जानकारी गराउनु हुँदै मुख्यमन्त्री राउतले फागुन मसान्त भित्रै सत प्रतिशतलाई खोप लगाउने योजना सहित अघि बढन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिनु भयो ।
उहाँले भन्नु भयो,‘ हामी संग खोपको आभाव छैन , स्थानीय संचारमाध्यमहरुबाट प्रचार प्रसारलाई तिब्रता दिनुस । जनशक्तिको आभाव भए खोपलाई लक्षित गर्दै जनशक्ति भर्ना गरौ ।
सर्वसाधारणको भिडभाड हुने स्थानहरुमा अतिरिक्त खोप केन्द्र संचालन गर्न समेत उहाँले निर्देशन दिनु भएको हो ।
मुख्यमन्त्री राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रमका सहभागीहरुले समयमा खोप र सिरिन्ज प्राप्त नभएका कारण लक्ष्यभन्दा पछाडी परेको उल्लेख गर्दै अव खोप लगायतका सामग्रीहरु पर्याप्त रहेकाले लक्ष्य पुरा हुने विश्वास दिलाएका थिए ।
कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, अर्थमन्त्री शैलेन्द्र साह, प्रमुख सचिव हरि प्रसाद मैनाली, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, संघीय स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमण सिंह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साह, प्रदेश सरकार विभिन्न मन्त्रालयका सचिवहरु, आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षाका निकायका प्रदेश प्रमुखहरु, आठै जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखहरु , संयुक्त राष्ट्र संघीय निकायका प्रमुखहरु सहितको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रदेशमा खोप कार्यक्रमको अवस्था बारे प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झा तथा संघीय खोप समन्वय शाखाका सागर दहालले प्रस्तुती गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर