Advertisement
ताजा खबर
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि

महाेतरी र सर्लाहीकाे विभिन्न स्थानमा ११ विगहामा लगाइएकाे अवैध गाँजा खेती नष्ट

प्रतिक्षा खबर
२०७८ कार्तिक २८, आईतवार २०:३५

सशस्त्र प्रहरी र सशस्त्र प्रहरीले सर्लाही र महोत्तरीमा ठूलो मात्रामा अवैध गाँजा खेती नष्ट गरेको छ। सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआईजी गणेश ठाडा मगरको नेतृत्वको टोलीले आइतबार ८ विगहा क्षेत्रफलमा लगाएको गाँजा खेती फँडानी गरी नष्ट गरेको हो। एकडाँरा गाउँपालिका ५ गोनाहा बथनाहा, वडा नं. ३ अजमरपट्टी, वडा नं. ४ रानिरतुवा लगायतको विभिन्न स्थानमा ८ विगहा क्षेत्रमा लगाइएको गाँजा फँडानी गरी नष्ट गरेको हो।
महोत्तरी जिल्लााका प्रमुख जिल्ला अधिकारीसहित प्रदेश नं. २ छिन्नानमस्ता बाहिनीका बाहिनीपति, नम्बर ९ गणका सहायक प्रहरी उपरीक्षक, नेपाल प्रहरीका प्रहरी उपरीक्षक लगायतको प्रहरी टोलीले गाँजा फँडानी तथा बरामद गरी नष्ट गरेको डीआईजी मगरले जानकारी दिए।यस्तै, आइतबार सर्लाहीको लालबन्दी नगरपालिकामा १४ कामिटारमा ३ विगहा क्षेत्रमा लगाइएको गाँजा खेती नष्ट गरेको सशस्त्र प्रहरी जनाएको छ।
नम्बर १० गणबाट सहायक प्रहरी नायव उपरीक्षक दिपेन्द्र थापाको नेतृत्वमा ४० जना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक सुरेश ठाकुरको नेतृत्वमा २४ जनाको संयुक्त टोलीले गाँजा फडानी तथा बरामद गरी नष्ट गरेको हो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर