Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

कृष्णनगर नगरपालिकाले मनायो १८ औं राष्ट्रीय धान दिवस

प्रतिक्षा खबर
२०७८ असार १५, मंगलवार १६:२२

अजय मिश्र,कृष्णनगर, अषाढ १५

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले एक कार्यक्रम गरि १८ औं राष्ट्रीय धान दिवस मनाएको छ ।
कृष्णनगर नगरपालिका कृषि शाखाको आयोजना तथा श्री गणेश बहुउद्देशीय कृषक समुहको सहयोगमा धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा आत्म निर्भता र समृद्धि नाराका साथ १८ औं धान दिवस तथा रोपाई महोत्सव मनाएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले कार्यक्रमको उद्धघाटन गर्नुभयो ।
प्रमुख अतिथि, कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की,कृष्णनगर नगरपालिकामा कृषि शाखा प्रमुख चन्द्र राम चौधरी,
वडाध्यक्षहरू , कर्मचारी, किसान लगायतको उपस्थितमा खेतमा रोपाई गरिएको छ । रोपाई पश्चात दही च्यूरा खाएर धान दिवस मनाएको छ। कार्यक्रम संचालन कृषि शाखा कृष्णनगरका अधिकृत सुदिप कुमार मोर्य ले गर्नुभयो ।

प्रत्येक वर्षको असार १५ गते खेतमा काम गरी दही च्यूरा खाएर धान दिवस मनाउने प्रचलन रहेको छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खाने गरेको भनाई रहेको छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास रहेको छ ।असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर