Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

सिरहामा कुटपिटबाट एक युवकको मृत्यु

प्रतिक्षा खबर
२०७७ फाल्गुन १७, सोमबार २०:२१

बिनय यादव
सिरहा । सिरहामा निर्घात कुटपिटबाट एक युवकको ज्यान गएको छ । सिरहा नगरपालिका–१८ इटारीस्थित निर्घात कुटपिटबाट स्थानीय नन्दलाल यादवका छोरा २२ वर्षिय अजित कुमार यादवको मृत्यु भएको हो ।
निर्घात कुटाईबाट गम्भीर घाइते भएका अजितलाई उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । आपसी विवादका कारण इटारीकै साढु नाता पर्ने मुनेश्वर यादव र अजितबीच गत फागुन १४ र १५ मा पटक पटक झगडा भएको थियो ।
स्थानीयका अनुसार, आपसी विवादका कारण दुई दिनमा तीन चार पटकसम्म झगडा भयो । फागुन १५ साँझको झगडा पछि अजित ब्याकुल भएर लगडी गोठमा रहेको दिदिको घर गएको र सोही राती तीन बजे अजितलाई स्वास लिन अप्ठयारो भएको जानकारी पाएर आफुहरुले अस्पताल लग्दै गर्दा मृत्यु भएको उनले बताए ।
‘झगडामा मुनेश्वर लगायत उनले ल्याएका केही व्यक्तिले अजितलाई निर्घात कुट्यो,’ अजितका भाई नविन कुमार यादवले भने, ‘कुटाईबाट अजितको शरिरबाट रगत बाहिर नआएपनि भित्रि भागमा विषेश असर परेको कारण मृत्यु भएको हुन सक्छ ।’
यसकारण विवाद
पत्नी अल्का कुमारी यादव र अजितबीच सामान्य भनाभन हुँदा अल्का भिनाजु मुनेश्वरको घर पुगेको थियो । अल्कालाई सम्झाई बुझाई आफ्नो घर ल्याउन प्रयास गर्दा मुनेश्वरले अजितलाई निर्घाट कुटपिट गरेको नविनले बताए ।
अजितलाई कुटपिट गर्नेहरुको नामसहितको किटानी जाहेरी दिन जाँदा प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरी १६ गते दिनभर प्रतिक्षा गराएको र अबेर मात्र जाहेरी लिएको पिडित परिवारको गुनासो छ ।
कुटपिटको कारण मृत्यु भएको जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदिपराज भण्डारीले जनाए । शव पोष्टमार्टमको रिर्पोट र थप अनुसन्धान भएपछि मात्र विस्तृत कुरा भन्न मिल्ने उनले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर