Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

किसानको करोडौं रुपैयाँ लिएर भागेका मिल मालिक परे पक्राउ

प्रतिक्षा खबर
२०७७ माघ १५, बिहीबार २०:२४

प्रतिक्षा खबर
रामगाेपालपुर, माघ १५ गते ।

किसानका कराेडाै रुपैया लिएर भागेका सर्लाहीको धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले समातेर कारबाहीका लागि सर्लाही पठाइएको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित घरबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा ठगी सम्बन्धी कसुरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि पठाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
उनका अनुसार सर्लाही प्रहरीको पत्रचारकै आधारमा अग्रवाललाई पक्राउ गरिएको थियो । सर्लाहीका एसपी सन्तोष सिंह राठौरका अनुसार अग्रवालविरुद्ध १७ करोड रुपैयाँ माग दाबी गर्दै किसानले जाहेरी दिएका थिए । त्यसमध्ये उनले १२ करोड ६३ लाख ७२ हजार १९८ रुपैयाँ तिरिसकेका छन् ।
‘उनी पक्राउ परेको खबर पाएपछि थप किसानको पनि जाहेरी आउनसक्ने सर्लाहीका एसपी राठौरले भने, ‘यहाँ ल्याइसकेपछि थप अनुसन्धान गर्छौं ।’ आफूले उब्जनी गरेको उखुको भुक्तानी नपाएपछि आन्दोलन गर्न किसानहरु पटक पटक काठमाडौं आएका थिए ।
त्यसपछि गृह मन्त्रालयले चिनी उद्योगलाई पक्राउ गरेर भएपनि रकम असुल्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर