Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

गाैशाला नगरपालिकाकाे फरार अभियुक्त सतेन्द्र परे पक्राउ

प्रतिक्षा खबर
२०७७ आश्विन ८, बिहीबार १८:३९

प्रतिक्षाखबर
रामगाेपालपुर, असोज ८ गते
महोत्तरीमा हातहतियार तथा डकैती मुद्दाका फरार एक अभियुक्तलाई क्रिकेट खेल्दा खेल्दै पक्राउ गरेको छ । अभियुक्तको विभिन्न किसिमको तीन घटनामा संलग्नता रहेको पाइएको छ ।
पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–६ बस्ने ३० वर्षीय मुन्ना, छोडका र बण्ठा उपनामबाट समेत चिनिने सतेन्द्रकुमार यादव रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको प्रहरी टोलीले गौशाला नगरपालिका–५ स्थित मरहाखोला किनारमा क्रिकेट खेल्दै गरेको समयमा उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका यादव महोत्तरी र सर्लाही जिल्लाका बिभिन्न घट्नामा संलग्न रही फरार रहेका थिए । यादवलाई जिल्ला प्रहरी कायालय महोत्तरीमा राखिएको र उनलाई पीसीआर टेस्ट गराई जिल्ला अदालतमा पेश गर्ने तयारी थालिएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।
पक्राउ परेका यादवविरुद्व मुख्य तीन अभियोग रहेको छ । प्रहरीका अनुसार बलवा नगरपालिका–३ परौलस्थानस्थित जय बाबा कारिक मनी ट्रान्सफरमा लुटपाट गर्ने योजना यादवले बनाएका थिए ।
योजना अनुरुप गाउँकै राकेश यादवलाई लिएर २०७६ साल मंसिर २३ गते त्यसतर्फ जाँदै गर्दा औरही नगरपालिका–३ श्रीपुरस्थित जंघा खोलाको बगरबाट ४ राउण्ड गोली लोड गरिएको नलकटुवा पेस्तोल १ थानसहित राकेश यादव पक्राउ परेका थिए भने सतेन्द्र फरार भएका थिए । प्रहरीले पछि उनीविरुद्व हातहतियार खरखजाना तथा डाँका उद्योग मुद्दा चलाएको थियो ।
यस्तै, महोत्तरीकै मनरासिस्वा नगरपालिका–२ भोलही चोकस्थित रामसेवक यादवको घरमा २०७५ साल पुस २३ गते राति १ बजे १५–१६ जनाको हतियारधारी डाँकाहरुको समूहले गोली फायर गरी बम बिष्फोट गराई नगद र सुनका गहना लुटेका थिए । उक्त घट्नामा पनि संलग्न सतेन्द्रविरुद्व डाँका तथा संगठित अपराध मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित जय माँ महारानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनेश्वर साह नेपाल इन्भेष्टमेन्ट बैंकबाट नगद ९ लाख ९० हजार झिकेर ना.५५प ९५९३ नम्बरको मोटरसाइकलमा आइरहेको अवस्थामा २०७५ मंसीर २० गते इश्वरपुर १३ बाट सतेन्द्र, गंगाधर साह समेतले पेस्तोल देखाएर लुटपाट गरेको एसपी प्रसाईंले बताउनुभयो । उक्त घट्नामा प्रहरीले डाँका तथा संगठित अपराध मुद्दा दर्ता गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर