Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

महोत्तरीमा एक महिला उपर वोक्सीको आरोपमा कुटपि

प्रतिक्षा खबर
२०७७ भाद्र ६, शनिबार २१:३८

महोत्तरी- महोत्तरीको सम्सीमा एक महिला उपर वोक्सीको आरोप लगाई कुटपिट गरिएको छ । कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिए पनि राजनितीक दवावका कारण अनुसन्धान बिना नै छोडि दिएको छ ।

गएराति सम्सी गाँउपालिका ७ जावद टोलकी ४५ बर्षिया पवनदेवी यादवलाई वोक्सी आरोप लगाउदै कुटपिटमा संलग्न रहेको कृष्ण यादवलाई प्रहरीले पक्राउ गरेपनि अनुसन्धान बिना नै हिरासतबाट मुक्त गरिदिएका छन् ।

समाचार संकलनको क्रममा त्यहाँ पुगेका पत्रकारलाई प्रहरी कै सामुन्ने दिनेश यादवले दवाव सिर्जना गरेका थिए ।
यता प्रहरीले कुष्णलाई समातेको दावी गरेतापनि त्यहाँ पत्ररकारहर ग्दादा कुष्ण प्रहरी चौकीमा थिएन । उनलाई रातिमा नै प्रहरीले छाडेको बुझिएको छ।

थुनामा रहेको भनिएको कृष्णलाई छोडाउनको लागी उसको बुवाले प्रहरीलाई राजनितीक दवाद समेत दिएको खुलासा भएको छ ।

एउटा सामान्य झगडा हुदैमा महिलामाथि बोक्सीको आरोप लगाएर मरासन्न हुने गरी पिट्ने, एउटा नावालिकालाई सुरुवाल खोल्नु , कहाँको दादागिरी हो भनेर एक स्थानीयले नाम नखोल्ने शर्तमा बताएका छन् ।

गएराति स्थानीय दिनेश यादव लगायत उसको छोराहरु कृष्ण यादव, आशिक यादव ,आमा सुजियादेवी लगायतले कुटपिट गरेपछि पवन देवी यादव गम्भिर घाईते भएकी छिन् ।
घाईते यादवलाई जनकपुर स्थित जानकी हेल्थ केयरमा उपचार भईरहेको पिडितको छोरा संजय यादवले जानकारी दिए । संजयले भने, ‘शुक्रवार बेलुका एक्कासी दिनेश यादवको परिवारहरुले मेरो आमामाथि बोक्सीको आरोप लगाउँदै गाली गलौज गरेको र म त्यो बेला घर भन्दा बाहिर थिएँ । लगतै म घरमा पुग्दा झगडा भई रहेको थियो । सो समयमा मैले प्रहरीलाई खवर गरेपछि सम्सी प्रहरी चौकीका सई दिपेन्द्र यादवको कमाण्डमा खटिएको प्रहरी टोली घटना स्थलमा पुगेर झगडालाई सामान्य बनाएर फर्के ।

त्यस पश्चात पुन: तिनिहरु घरमा राती ११- १२ बजे तिर आएर पवन देवीको घरमा पसी गाली गलैज गर्दै पवन देवी , निजको छोरी रुवी यादव, र संजय यादवलाई पनि कुटपिट गरे ।
कुटपिट गर्ने क्रममा पवन देवीको छोरीले लगाएको सुरुवाल पनि उनीहरुले फुकालि दिएको पिडितकी छोरी रुवी यादवले बताइन् । सुरुवाल खोल्ने वितिकै रुवीले चिच्याएपछि स्थानीयहरु आएर रुवीलाई बचाएको थियो । त्यहाँ झगडा हेर्नेको भीड भएपनि उनीहरु बिचको झगडा छोडाउने मान्छे कमै थियो ।
अहिले कुटपिटबाट घाइते पवन देवी उपचारार्थ जनकपुर स्थित जानकी हेल्थ केयरमा भर्ना छिन् ।

पीडित पक्षले न्यायको लागि पत्रकार, मानव अधिकारकर्मी संग अनुरोध गरेका छन् ।

पिडितको तर्फबाट हालसम्म प्रहरीमा जाहेरी नआउदा कानुनी कारवाही प्रक्रिया अगाडि बढन नसकेको महोत्तरीका एसपी टिका केसीले बताएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर