Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ असार १८, बिहीबार १९:२६

प्रतीक्षा खबर
रामगापालपुर, असार १८ गते ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । उनीहरूमध्ये ३१ जनाको मृत्यु भएको छ भने ५ हजार ३२० जना डिस्चार्ज भएका छन् ।
पछिल्लो पटक थपिएका संक्रमितमध्ये २८ जना काठमाडौंका छन् । काठमाडौंका १७ महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, ललितपुर र भक्तपुरमा दुई–दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सबैभन्दा धेरै कैलालीमा कैलाली १६५ जना संक्रमित थपिएका छन् । यस्तै, डोटीमा ५८ जना, बझाङका ३५, कञ्चनपुर र अछामका ३१र३१ जना, धनुषाका ३०, लमजुङका १६, महोत्तरीका १३ र सप्तरीका १० जनामा संक्रमण देखिएको छ।
मोरङका ६ जना, सुनसरी, सिन्धुपाल्चोक र दाङका ४र४ जना, तनहुँ र दैलेखका ३र३ जना, चितवन, दोलखा, पर्वत र स्याङ्जाका २र२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, काभ्रे, धादिङ, रामेछाप, नुवाकोट, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली, नवलपरासी, पाल्पा, रुपन्देही, बर्दिया, कास्की, बाग्लुङ, उदयपुर, झापा, खोटाङ, कालीकोटका एकएक जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर