Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

धनुषामा पाँच दलित महिलामाथि कुटपिट, घटना मिलाउन प्रहरीनै सक्रिय

प्रतिक्षा खबर
२०७६ फाल्गुन ३०, शुक्रबार १५:५१

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–४ रामपुर टोलमा केही युवाहरूले दलित समुदायका महिलाहरूमाथि दुर्व्यवहार गरेका छन् ।

धनुषाधाम वडा नम्बर–३ सर्साका राजिव यादव र जयकिशोर साहले महिलाहरूलाई जिस्क्याइरहेको बेला स्थानीय राजकिशोर महराले होलीको दिनमा यसरी गलत व्यवहार नगर्न आग्रह गर्दा उल्टै गाउँबाट स्कारपियोमा थप केटाहरूलाई बोलाइएर महरा समुदाय रहेको उक्त वस्तीमा घर घरमा पसि महिलाहरूलाई गाली बेइज्जती गर्दै कुटपिट गरेको घटना बाहिरिएको छ ।

ती युवाहरुको कुटाइबाट धनुषाधाम नगरपालिका वडा नम्बर–४ रामपुरकी ४० वर्षीया दुलारी देवि महरा, ३५ वर्षीया दुर्गी देवी महरा, २५ वर्षीय जयकिशोर महरा, ५८ वर्षीय अनुप महरा र ४० वर्षीय रामलाल महरा रहेका छन् । सबैको टाउको, हातखुट्टा र तिघ्रामा चोटपटक लागेको छ । घाइतेहरुको धनुषाधामस्थित पपुरल हस्पिटल र राजाराम पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

बा.१६ च. ४१५ नम्वरको स्कारपियोमा आएका युवाहरु धनुषाधाम नगरपालिका वडा नम्बर–३ सर्साका २८ वर्षीय सुजन यादव, २५ वर्षीय सरोज यादव, २० वर्षिय कारी यादव, १८ वर्षीय राजिव यादव, २० वर्षीय अजय कुमार यादव, १८ वर्षीय जयकिशोर साह, १९ वर्षीय सूर्या यादव र २५ वर्षीय भोला यादव रहेको पीडितहरुले बताएका छन् ।

दलित वस्तीमा निमुखा दलित समुदायमाथि पटक पटक यसरी घर हुलिया गरि कुटपिट गर्दै आएको घाइते दुलारी देवी महराले बताइन् । प्रहरीले पनि उनीहरूको साथ दिइरहेको पिडित पक्षको आरोप छ । घटनामा संलग्न भएकाहरूलाइ पक्राउ गरि आवश्यक अनुसन्धान प्रकृया पनि प्रहरीले नगरेको घाइतेहरूले बताए । उनीहरुले घटनालाइ दवाउन विभिन्न प्रपञ्च रचिंदै आएको आरोप समेत लगाए ।

यता घटनाको सम्बन्धमा प्रहरीलाई जानकारी प्राप्त भएपछि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले बताए । साभार: thenepaltop.com

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर