Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

जनकपुरमा भू-माफियाविरुद्ध प्रदर्शन

प्रतिक्षा खबर
२०७६ माघ १३, सोमबार १९:१३

जनकपुरधाम : भू-माफियाले मठ-मन्दिरको जग्गा कब्जा गर्न लागेको भन्दै नुनिया समाज नेपालले जनकपुरमा सोमबार प्रदर्शन गरेको छ। प्रदर्शनपछि समाजले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका हुन्।

प्रदर्शनमा सहभागीले प्रेमबाबु प्रसादले राम जानकी नुनिया कुट्टीको जग्गा कब्जा गर्न खोजेको आरोप लगाएका छन्। उनीहरूले प्रदर्शनका क्रममा प्रेमबाबु प्रसादलाई कारबाही गर, मठ मन्दिरको जग्गा कब्जा गर्न पाइँदैन, भूमाफियालाई फाँसी देऊ जस्ता नारा लगाएका थिए।

नुनिया समाज नेपालकी उपाध्यक्ष उर्मिलादेवी महतोले प्रेमबाबु प्रसादले कुट्टीको पर्खाल पटक-पटक भत्काएको र जग्गा कब्जा गर्न षड्यन्त्रमा लागेको आरोप लगाइन्।उनले मन्दिरमा रहेको राम जानकीको मूर्ति पनि भत्काउने प्रयास प्रेमबाबुले गरेको गुनासो गरिन्।

जनकपुरधाम उपमहानगरपालिका ४ मा नुनिया कुट्टीको ३ कट्ठा १६ धुर जग्गा रहेको छ। उक्त जग्गा कब्जा गर्ने प्रयास भएपछि प्रदर्शन गरेको र प्रशासनले चासो नदेखाए कडा आन्दोलन गर्ने समाजले जनाएको छ।साभार : थाहाखबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर