Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

उपचारमा लापरवाही हुँदा एक महिलाको मृत्यु

प्रतिक्षा खबर
२०७९ श्रावण १२, बिहीबार २२:३६

दिपक कुमार चौधरी.
राजविराज, १२ साउन । सप्तरीमा उपचारमा लापरवाही हुँदा एक महिलाको ज्यान गएको छ । जिल्लाको रुपनी गाउँपालिका–२ पौँवा टोलकी ३५ वर्षीया सियादेवी मण्डलको ज्यान गएको हो ।
बुधवार साँझ छाती दुखेपछि मण्डललाई उपचारको लागि सदरमुकाम राजविराज ल्याइएको थियो । राजविराज–६ स्थित अजित फार्मेसी एण्ड क्लिनिकमै उनको उपचार सुरु गरिएको थियो ।
क्लिनिक सञ्चालक र एक जना महिला स्वास्थ्यकर्मी (नर्स)ले उपचार गरिरहदा मण्डल अचानक अचेत भएकी थिइन । सो पछि मण्डललाई क्लिनिकदेखि करिब ५ मिनटकै दुरीमै रहेको छिन्नमस्ता अस्पताल लगिएको थियो । जहाँ चिकित्सकले मण्डललाई मृत घोषणा गरिएको थियो ।
मृतकका आफ्न्तले औषधी पसल सञ्चालकले यही उपचार भइहाल्छ भनि भ्रममा पारेर लापरवाहीपूर्ण तरिकाले उपचार गर्दा आफ्नो मान्छेको ज्यान गएको दावी गरेका छन् । उनीहरुले घटनाको छानविन र दोषीमाथि कारवाही हुनुपर्ने माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बेलैमा मण्डललाई अस्पताल नपर्याउँदा उनको मृत्यु भएको बताउनुभयो। ‘औषधी पसलमा नभई स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ भन्ने आफ्न्तमा चेतनाको कमी देखियो’ वहाँले भने–‘जसको कारणले ज्यान गुमाउनुपर्यो ।’
प्रहरी नायव उपरीक्षक काफ्लेले घटनाबारे अनुसन्धान भइरहेको र सोधपुछका लागि औषधी पसलका एक जना सञ्चालकलाई नियन्त्रणमा लिइएको वहाँले बताउनुभयो । मृतक मण्डलको शव पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर