Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

लगातारको बर्षा पछि महोत्तरीका किसान धान रोपाइँमा व्यस्त

प्रतिक्षा खबर
२०७९ असार १५, बुधबार २०:०६

महोत्तरी, अषाढ १५ गते
गाेपाल झा बिगत केही दिन देखी लगातार भईरहेको बर्षा पछि महोत्तरीका किसानहरु धान रोपाइँ गर्न व्यस्त भएका छन् ।
एक सातायता दिनहुँजसो पानी परिरहेको छ । किशानहरुको लागी धान रोपाई गर्न मुख्य समय आषाढ महिनाको पहिलो साता आद्र्रा नक्षत्र मानिएको छ । दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने र धान राम्रो सप्रीने किसानको अनुभव रहेको छ ।
महोत्तरीको एकडारा सहित जिल्लाका सबै भेगमा पानी परेपछि किसानहरु अहिले धान रोपाई गर्न सक्रिय बनेका छन् । अषाढ मसान्त सम्ममै धानको उपयुक्त रोप भएको एकडारा गाँउपालीकाका किशान राम उकबाल मण्डल बताउँछन् । मौसमले साथ दिए यसपाल िसमयमै धान रोपाइँ सकिन्छ, मण्डलको बिश्वास छ ।
महोत्तरी सहितका मध्यपूर्वी तराईमा गत जेठ २२ गतेसम्म हिउँदे धानको बीउ राख्ने, असार तेस्रो साताभित्रै बीउरोप सक्ने र साउन तेस्रो साताभित्र खरुवन पहिले रोपिएको बीउको रोपो गाँजिए पछि उखेलेर रोप्ने रोपाइँ सक्ने उपयुक्त समय हो ।
यता यसपालि धानको बिउका अभाव र मौसम अनुकुन न हुँदा समयमै ब्याड राख्न नपाएको किसान बताउँछन् । उनीहरुले सहकारी संस्थामा बीउ नपाएपछि घरकै बीउ राखेर ब्याड बनाएका छन् । ब्याडको बीउ १५ दिनको भएपछि रोप्न थालिएको हो । लगातार पानी परिरहेकाले खेतका गह्रामा अहिले पानी लागी सकेको छ ।
किसान खेत हिल्याउने, गह्रा सम्याउने, बीउ काढ्ने र रोप्ने काममा व्यस्त भएका छन् ।
जिल्लामा कूल खेतीयोग्य जग्गा ७० हजार हेक्टर छ । यसमध्ये १० प्रतिशतमा मात्र नहर कुलो लाग्छ । यहाँ अधिकांश खेती आकाशे पानीकै भरमा गर्नुपरेको छ ।
यता समयमा बीउ, मल न पाँउदा र युवा जनशक्ति बिदेशीने भएकोले खेती गर्न गाह्रो भएको मनरा सिसवाका किशान हरीदेव बताउँछन् ।
जिल्लामाकुल १ लाख १२ हजार ३ सय ३० हेक्टर खेतीयोग्यजग्गा रहेको छ । जसमध्ये झण्डै ४५हजार हेक्टर जग्गामा धान खेतीगर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर