गोपाल झा
महोत्तरी , ४ अषाढ
महोत्तरीको एकडारामा बोक्सी कुप्रथा विरुद्धको अभियान सप्पन्न भएको छ । एकडारा गाँउपालीकाको संयोजन मा शुक्रबार एकडाराका जनता माझ … मान्छे बोक्सी हुन्न कहिल्यै’शिक्षामुलुक सचेततामुलुक बोक्सी कुप्रथाविरुद्ध बनाइएको चलचित्र ‘अग्निदहन’ प्रदर्शन गरीएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि एकडारा गाँउपालीकाका अध्यक्ष दिपनारायण मण्डल तथा बिशेष अतिथी ससस्त्र प्रहरीका पुर्ब एसएसपी रबिन्द्र ठाकुर हुनुहुन्थ्यो । बोक्सीको आरोपमा भईरहेको घटना न्युनिकरणका लागी अभियान संचालन गरीएको छ । बोक्सीको आरोपमा कुटपिट , हत्या र दुरब्यवहारका घटनाहरु सार्बजनिक भए पछी ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान अन्तर्गत उक्त कार्यक्रम गरीएको छ ।
कार्यक्रममा बोक्सी कुप्रथाविरुद्ध बनाइएको चलचित्र ‘अग्निदहन’ प्रदर्शन, बोक्सीको आरोपसम्बन्धी कसुर तथा सजाय सम्बन्धमा बनेको ऐनबारे जनचेतना फैलाउने गीत संगीत देखाइएको छ । जिल्लामा बोक्सीको आरोपमा भईरहेको घटना न्युनिकरणका लागी जनचेतनामुलक कार्यक्रम गरिएको राष्ट्रीय जागरन प्रतिष्ठानका अध्यक्ष कोविद शरण उपाध्यायले बताएका हुन् ।
चलचित्र, गीत र ऐनकानुन सबै मैथिली भाषामै तयार गरी स्थानीयलाई जानकारी गराइएको अध्यक्ष उपाध्यायले बताए । ‘अभियानले समाजमा बोक्सी हुन्छ भन्ने भ्रम चिर्न ठुलो टेवा पुग्ने उपाध्यायले बिश्वास बयक्त गरेका हुन् । महोत्तरीमा बोक्सीको आरोपमा दर्जनौ कुटपिट र अमानवीय व्यवहारका घटनाहरु हुँदै आएको छ ।
करीब दुई घण्टाको लघुचलचित्र हेरेपछी कार्यक्रमका प्रमुख अतिथी तथा एकडारा गाँउपालीकाका अध्यक्ष मण्डलले कथित बोक्सीको आरोपमा बढिरहेका घटनाविरुद्ध अभियानले समाजमा चेतना जगाउने र यस्ता घटना न्युनिकरण हुने तथा मान्छेमा ब्याप्त रहेको भ्रम चिर्न ठुलो मदत पुग्ने बिश्वास ब्यक्त गरेका हुन् । अध्यक्ष मण्डलले समाजमा कुरीतिको रूपमा रहेको बोक्सी कुप्रथा उन्मूलन गर्न यस्ता चेतनामूलक अभियानलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।
करीब तिन सय जनाको उपस्थितीमा बेलुका करीब ८ बजे सुरु भएको अग्निी दहन नामक चलचित्र राती १० बजे सकीएपछी बोक्सीविरुद्धको अभियानमा ‘बोक्सी हुन्छ’ भन्ने भ्रम हटाएको चलचित्र देखेकी स्थानिय कलाबती देबीले बताईन् ।
कार्यक्रममा सहभागी करिब ३ सय जना व्यक्तिले अब बोक्सी आरोपमा कुनै पनि घटना नगर्ने प्रतिबद्धता समेत जनाए । उक्त अभियान महोत्तरीको १० गाँउपालीका र ५ नगरपालीका सहित १५ ओे स्थानिय तहमा संचालन गरीने बताईएको छ ।
उक्त अभियान महिला बिभाग , प्रदेश सरकार , स्थानीय सरकार र नेपाल प्रहरीको समन्वय तथा सहकार्यमा संचालन गरीएको छ । अभियानका क्रममा प्रदर्शन गरिएको बोक्सीविरुद्धको चलचित्र ‘अग्निदहन’ ले २०७५ मा विशेष चलचित्र अवार्ड पाएको प्रतिष्ठानका अध्यक्ष उपाध्यायले जानकारी गराए ।










































































































