Advertisement

केन्द्रीकृत मान्सिक्ता संघियता कार्यान्वयनको बाधक : मुख्यमन्त्री राउत

प्रतिक्षा खबर
२०७९ जेष्ठ ३१, मंगलवार १९:५१

जनकपुरधाम, जेठ ३१ । मुख्यमन्त्री लालबाबु राउतले शासक बर्गमा अझै कायम रहेको केन्द्रीकृत मान्सिक्ता संघीयता कार्यान्वयनको बाधक रहेको बताउनु भएको छ ।
नेपाल नगरपालिका संघले बर्दिबास मा आयोजना गरेको बधाई तथा अभिमुखिकरण कार्यक्रमको उदघाट्न गर्दै मुख्यमन्त्री राउतले प्रदेश र स्थानीय सरकारको एकल सुचिमा रहेको अधिकार समेत कार्यान्वन गर्ने बतावरण समेत संघीय सरकारले बन्न नदिएको गुनासो पोख्नु भयो ।
उहाँ प्रदेस र स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गर्न खोज्दा संघ सरकारले विभिन्न अबरोध खडा गर्दै संघीयता कार्यान्वयन मा बाधक बन्दै आएको आरोप समेत लागाउनु भयो ।
संघले बितिय स्रोत र प्रशासन माथिको अधिपत्य छोड्न नचाहनु केन्द्रीकृत मान्सिक्ताकै निरन्तरता रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले अगामी दिनमा जनसंख्या र सूचकांक को आधारमा बितिय श्रोतको बाँडफाँड हुनु पर्ने माँग समेत गर्नु भयो ।
उहाँले भन्नू भयो , अर्थको बर्तमान बांडफांड संघियताको मर्म बिपरित छ, अहिले प्रदेश र स्थानीय तह लाई १५ / १५ प्रतिशत बजेट दिई बांकी केन्द्रमा राख्ने प्रबृती गलत हो । प्रदेश र स्थानिय तह लाई ३० / ३० प्रतिशत बजेट दिई केन्द्रमा ४० प्रतिशत मात्रै राख्नु पर्द्छ । त्यसमा पनि मधेशको जनसंख्या सबै भन्दा बढी छ । विभिन्न सूचकांक मासबै भन्दा पछाडि छ त्यसैले मधेस प्रदेशले थप बजेट पाउनु पर्दछ ।
बितिय श्रोत को समान बाँड्फाडको लागि स्थानिय र प्रदेश लाई एकस्वरमा आवाज उठाउन आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा मधेश प्रदेश स्थित नगरपालिकाका प्रमुख उपप्रमुख तथा प्रशासकीय अधिकृत हरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर

काेरेन्टाइन व्यवस्थापनकाेलागि साेनमा गाउँपालिकाले १कराेडकाे काेष स्थपना गरे प्रतीक्षा खबर साेनमा चैत १४ विश्वलाई त्राहिमा बनाएको कोराना भाइरस (कोभिड १९)को नियन्त्रण तथा यस बाट प्रभावित भएकाहरुलाई राेकथाम र उपचार गरि व्यवस्थित गराउन साेनमा गाउँपालिकाले १ करोडको करेन्टाईन कोषको स्थापना गरेको छ । गाउँपालिका स्तरीय आज सम्पन्न बैठकले गाउँपालिकाको तर्फ बाट १ करोडको काेरेन्टाइनकाे व्यवस्थापन कोषको स्थापना गर्ने र सो कोषमा गाउँपालिकाबाट साे रकम राख्ने निर्णय गरेको गाउँपालिकाकाे प्रवक्ता एवम साेनमा गाउँपालिका एवम वाडा नम्बर १ का वाडा अध्यक्ष रहेका अशाेक कुमार यादवले बताउनु भएको छ । यसका अतिरिक्त साेनमा गाउँपालिका स्तरिय बैठकले महामारी नियन्त्रणको लागी गाउँपालिका अध्यक्षकाे संयोजकत्वमा सबै वाडा अध्यक्ष रहने गरि उच्च स्तरीय निर्देशन समिति गठन गरेको छ भने महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न प्रमुख प्रशासकिय अधिकृत रमेश अधिकारीकाे संयोजकत्वमा सबै कर्मचारी रहने गरि विशेष कार्यकारी समिति समेत गठन गरेको छ । कार्यकारी समितिलाई आजैको बैठकले विशेष परिस्थितिमा महामारी नियन्त्रणको लागी आवश्यक व्यवस्थापन गर्न निर्देशन समेत दिएको छ । कार्यकारी समितिले महामारी नियन्त्रणको लागी चाहिने आवश्यक सामग्रीहरुको खरिद विशेष परिस्थितिको लागी व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्न पाउने छन । सार्थै गाउँपालिका स्तरीय बैठकले साेनमा गाउँपालिका वाडा नम्बर ३मा रहेकाे मा वि विद्यालयमा ५०बेडकाे काेरेन्टाइनकाे व्यवस्थागरी अाईतबारदेखि गाउँपालिकाकाे विभिन्न वडाहरुमा रहेका विभिन्न देशबाट अाएकाहरुलाइ त्यहा व्यवस्थापन गर्ने गाउँपालिका अध्यक्ष राज कुमार यादवले जनाएका छन । गाउँपालिका स्तरीय बैठकले लक डाउन सब भन्दा लभदायक भएकाेले यसलाई अरु शसक्त बनाउने गाउँपालिका स्तरमा कहि कतै भिडभाड नगर्ने नगराने बजार नलगाउने र कालाेबजारी नियन्त्रण गर्न गाउँपालिकाकी उपाध्यक्ष विभा देवि साहकाे नेतृत्वमा ९ सदस्य समितिबनाई अनुगमन गर्न निर्णय भएकाे छ । लका डाउनकाे कारण समस्यामा परेपछी गरिव जनताहरुको लागी आवश्यक कुराकाे व्यवस्था गरि अगाडी बढने निर्णय गरेको छ ।