• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनसंख्याको अनुपातमा निर्बाचन क्षेत्र कायम गर्नुपर्ने अध्यक्ष उपेन्द्र यादव


जनसंख्याको अनुपातमा निर्बाचन क्षेत्र कायम गर्नुपर्ने अध्यक्ष  उपेन्द्र यादव

गोपाल झा
महोत्तरी , २५ जेष्ठ जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले मधेशको जनसंख्या ५३ प्रतिशत पुगी सकेको भन्दै सोही अनुपातमा आब निर्वाचन क्षेत्र कायम हुनुपर्नेमा जोड दिएका हुन् ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा जनता समाजवादी नेपाल पार्टीका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान कार्यक्रममा बोल्नुहुदै अध्यक्ष यादव विगतमा मधेशको जनसंख्या ४६ प्रतिशत रहेपनि अहिले ५३ प्रतिशत जनसंख्या भएकोले सोही अनुपातमा निर्वाचन क्षेत्र कायम हुनुपर्ने वताउनुहुदै उहाँले कतिपय ठाउँमा १२५ मतमै नगरप्रमुख चुनिने गरिएकोले यसलाई सच्याउन आग्रह गर्नुभयो ।
कार्यक्रमा बोल्दै अध्यक्ष यादब लोकतान्त्रिक समाजवादी पार्टी नेपाल -लोसपा लाई मधेशको जनमत विभाजन हुन नदिनको लागि स्पष्ट भएर आउन आग्रह पनि गर्नुभयो । उहाँले लोसपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरलाई इंकित गदै भन्नुभयो, ‘महन्थ भएपछि कुनै लोभ, लालच हुनुभएन, उहाँको नाम नै महन्थ रहेकोले मधेशको जनमत विभाजन हुन नदिन आफु उहाँलाई स्वागत गर्न तयार छु ।
उहाँले मधेश र मधेशीको लागि छाती चौडा गरेर आउन आग्रह गर्दै आगामी निर्वाचनमा एकजुट भयौं भने मधेशको जनमतको सम्मान समेत हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अरुले के दिन्छ, दिदैन तथा यसले मधेशलाई के फाइदा वा वेफाइदा हुन्छ स्पष्ट भएर आउन म उहाँहरूलाई (लोसपा पार्टी) आग्रह गर्न चाहन्छु ।नागरिक्ता बखेडाले लाखौं जनता आफ्नो मताधिकारबाट बञ्चित हुनुपरेको जानकारी दिँदै राष्ट्रिय अध्यक्ष यादवले सदनबाट नागरिकता विधेयक पारित गरेर नागरिकता वितरण गरि मताधिकार दिन आफु लागिपरेको बताउँदै उहाँले मतदानको अधिकार सबै नागरीकलाई भएकोले सो अधिकारको सम्मान गरिने दावी गर्नुभयो । उहाँले प्रदेशको अधिकार नदिने र भएको अधिकारबाट पनि बञ्चित गरिने गरि खेल भइरहेको भन्दै संघीयतालाई फेल गराउने खेल भइरहेकोले सबैलाई यसबाट सजग हुन आग्रह गर्नुभयो । आन्तरिक तथा बाह्य शक्तिबाट संघीयता फेल गर्ने षडयन्त्र भइरहेकोले सो षडयन्त्रबाट जोगाउन सबैले हातेमालो गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले सिमित श्रोत साधनबाट पालिकाको विकास गर्न र जनताको मालिक नभई सेवकको रुपमा काम गर्न नव निर्वाचित स्थानिय पदाधिकारीहरुलाई निर्देशन दिनुहुदै स्थानिय निर्वाचनको बखत टिकट बाँडफाँडमा केही त्रुटी भएको स्विकार गर्दै अब हुने संघीय र प्रदेशको चुनावमा जनताले रूचाउने उम्मेदवारलाई सर्वसम्मत रुपबाट ल्याउन आग्रह समेत गर्नुभयो । कार्यक्रममा जसपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिनारायण यादव, मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुमार कुशवाहा, जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार एकडारा गाँउपालीकाका अध्यक्ष दिपनारायण मण्डल लगायतकाहरुले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रम पूर्व राष्ट्रिय अध्यक्ष यादव जलेश्वरको प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिर पुगेर पुजापाठ गर्नुभएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

२५ जेष्ठ २०७९, बुधबार
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
अन्तर्राष्ट्रिय

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

२५ जेष्ठ २०७९, बुधबार
कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते
अन्तर्राष्ट्रिय

कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते

२५ जेष्ठ २०७९, बुधबार
अन्तर्राष्ट्रिय

अमेरिकी सेनाको दाबी- होर्मुजमा धम्की दिने इरानको क्षमता कमजोर पारिसक्यौँ

२५ जेष्ठ २०७९, बुधबार
Next Post
जनताको मालिक नभई सेवकको रुपमा काम गर्न नव निर्वाचित स्थानिय पदाधिकारीहरुलाई अध्यक्ष यादवले दिए  निर्देशन

जनताको मालिक नभई सेवकको रुपमा काम गर्न नव निर्वाचित स्थानिय पदाधिकारीहरुलाई अध्यक्ष यादवले दिए निर्देशन

इन्धनको मूल्य फेरि बढयाे

इन्धनको मूल्य फेरि बढयाे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh