Advertisement
ताजा खबर
भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

महोत्तरीमा शितलहर प्रभावित पचास भन्दा बढी परिवारलाई सैनिक श्रीमती संघले बाँडे खाद्यान्न तथा कम्बल

प्रतिक्षा खबर
२०७८ पुष १७, शनिबार १९:२६

गोपाल झा ,महोत्तरी,१७ पौष ।
केहि दिन यता चल्दै गरेको चिसो हावासँगै बाक्लो हुस्सु तथा शितलहरका कारण मधेसका जिल्लासहित महोत्तरीको जनजीवन कष्टकर बनेको छ ।
। शितलहरसँगै अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई घरबाट निस्किन समस्या भएको छ । विपन्न परिवारमा न्यानो लुगाको अभावमा रहेको शितलहर प्रभावित मटिहानी नगरपालिका ४ मझौरा स्थित मुसहर वस्तीका ६० परिवारलाई सैनिक श्रीमती संघ र प्रकौली स्थित रणभिम गणको तर्फबाट राहत स्वरुप खाद्यान्न तथा न्यानो छल्न कम्बल सहयोग गरिएको छ । श्री नं. ९ वाहिनीका वाहिनीपति सहायक रथी शिशिर चन्द्र केसीको विशेष उपस्थितिमा विपन्न परिवारलाई शुक्रबार राहत वितरण गरिएको हो ।
शितलहरले अति प्रभावित वस्तीहरु महोत्तरीमा अझै भएको र सेना तथा सेना परिवारको तर्फबाट यो सानो प्रयासमात्र भएको सहायक रथी केसीले वताए । उनले नेपाली सेनाले शितलहर,वाढी,आगलागी लगायतका सवै विपदको वेला सेना सहयोगीको भुमिका निर्वाह गरिरहेकोमा महोत्तरीमा शितलहर प्रभावितकै लागि गत वर्षहरु झै चिया र दाउरा वितरण लगायतका कार्यक्रमहरुलाई समेत निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
राहत बितरण कार्यक्रममा मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डलले आफ्नै पालिकामा अझै केहि वस्तीका दलित तथा विपन्नहरु प्रभावित रहेकोमा नगरपालिकाकै तर्फबाट र अन्य निकायहरुबाट समेत सहयोगको प्रयास भैरहेको बताए । पालिकामा अधिकांश ग्रामिण वस्ती रहेको र उक्त वस्तीहरुमा दलित तथा विपन्नहरुको संख्या अत्यधिक रहेकोमा क्रमिक रुपमा सवै प्रभावितहरुको लागि सहयोग जुटाउन आफुहरु लागि परेको बताए ।
कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले समेत विपदको वेला हुनेले नहुनेलाई सहयोग गरेर एकअर्काको पुरुकको भुमिका निर्वाह गर्नु पर्ने बताए । तपाई हाम्रो सानो सहयोगले कसैको जिवन नै जोगिन सक्ने भएकोले आफ्नो स्तरबाट शितलहर प्रभावितलाई आवश्यक सहयोग गर्नु पर्ने बताए ।
उनले स्थानिय विपत व्यवस्थापन समितिले स्थानिय तहहरु तथा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासंग समन्वय गरि शितलहर प्रभावितहरुलाई राहतको व्यवस्थापनको लागि प्रयास थालिसकेको थपे ।
अझै महोत्तरीका प्राय सवै स्थानिय तहका दलित वस्तीहरुमा वसोवास गरिरहेका अतिविपन्न परिवारहरु परालकै ओछ्यान र परालकै घुरा तापेर चिसो छल्नुको विकल्प छैन । परिवर्तित मौसमले प्रत्यक्ष प्रभाव पारेको वस्तीहरुमा अझै राहतको प्रतिक्षा रहेकोमा नेपाली सेना तथा स्थानिय तह र अन्य सरोकारवाला निकायले उक्त स्थानहरुमा समेत शितलहर प्रभावितहरुलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।
मौसम बदली भई अचानक बढेको कठ्याङ्ग्रिँदो चिसोले विशेष गरी कमजोर वर्ग प्रभावित बनेका छन्। कठ्याङग्रिदो चिसोले अति विपन्न, गरिब, मजदुर र पिछडिएको परिवारलाई धेरै असर गरेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर