रामगाेपालपुर, प्रतिक्षा खबर नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मधेसीतर्फको महिला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा समूहले क्लिन स्वीप गरेको छ।चारै जना महिला केन्द्रीय सदस्य देउवा समूहबाट निर्वाचित भएका हुन् । मुक्ताकुमारी यादव सबैभन्दा बढी ३ हजार ९ सय ६९ मत ल्याएर निर्वाचित भएकी छन् ।यस्तै मिनाक्षी झाले ३ हजार १२, मञ्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर निर्वाचित भएका छन् ।









































































































