महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा समुदायिक भवनकाे शिलान्यास गरिएकाे छ ।रामगाेपालपुर नगरपालिका वडा नम्बर ४
मा जनता समाजवादी पार्टी नेपालका सांसद एवंम् पुर्व आन्तरिक मामिला तथा राज्य मन्त्री सरोज सिंह कुशवाहले शिलान्यास गरेका छन । जगा दतामा रामबृक्ष महतोले १ कठ्ठा जग्गा दिएको साे जग्गामा सामुदायिक भवनको शिलान्यास गरेका छन् ।पूर्व मन्त्री कुश्वाहाले बजेटमा अनियमितता नगरी ईमान्दारिता पुर्वक काम गर्न समेत आग्रह गरेका छन । उनले भने, ‘म भ्रष्टाचारको विरोधी हुँ । मलाई एक पैसा चाहिदैन । तपाईहरु पनि पारदर्शी रूपमा काम गर्नुहोला ।आफ्नो निर्वाचन क्षेत्रमा स्थानीयहरु संग भेटि समस्या,गुनासो , बिकाशका योजना बारे बुझेका छन ।कुशवाहाले भन्ने बिकाश तर्फ आवस्यक हरेक निकाय एवं मन्त्रालय र स्थानीय सरोकार वाला संग समन्वय गरि क्षेत्र को जनतालाइ विकास को प्रतिभुती दिलाउने मेराे काम रहेकाे बताएका छन । भवन शिलान्यास कार्यक्रममा नेता उमेश महताे , नेका का हरि महताे , सुनिल सिंह ,पंच लाल महताे, राम प्रगास महतो लगायत स्थानिय नेता कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे









































































































