Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

विश्रामपुरमा जारी फुटलबल प्रतियोगिताको उपाधीको लागि धारापानी स्कुल टोल र विश्रामपुर ‘बि’ टिम भिड्ने, आयोजक ‘ए’ टिम ०–३ गोलले पराजित

प्रतिक्षा खबर
२०७८ आश्विन २२, शुक्रबार ०५:४४

विनोद महतो
महेन्द्रनगर, असोज २१ ।

विजया दशमी २०७८ को अवसरमा धनुषाको मिथिला नगरपालिका वडा नं. ५ विश्रामपुरमा भईरहेको मैत्रीपूर्ण फुटलबल प्रतियोगिताको उपाधीका लागि फाइनलमा विश्रामपुर ‘बी’ टिम र धारापनी स्कुल टोलको टिमबीच भिडन्त हुने भएको छ । प्रतियोगिताको फाइनल खेल असोज २३ गते हुनेछ ।
प्रतियोगिता अन्तर्गत विहिवार भएको दोस्रो सेमिफाइनल खेलमा धारापानी स्कुल टोलका टिमले आयोजक विश्रामपुर ‘ए’ टिमलाई ३ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । सो खेलमा धारापनी स्कुल टोलले विश्रामपुर ‘ए’ टिमलाई ० का विरुद्ध ३ गोलले पराजित गरेको छ ।
धारापनी स्कुल टोलका लागि जर्सी नं. ७ का खेलाडी आशिष मगर १ गोल, जर्सी नं. १० का सगुन मगर १ गोल र जर्सी नं. १३ का अभिषेक बर्माले १ गोल गरेका थिए । खेलको अन्तिमसम्म प्रयास गर्दा पनि विश्रामपुर ‘ए’ टिमका खेलाडीहरुले कुनै गोल फर्काउन सकेको थिएन ।
विहिवारको खेलमा योगेन्द्र यादवले एम्पायर तथा राजेश भुजेल र हेम बलम्पाकीले लाइन्सम्यानको रुपमा खेलाएको आयोजक विश्रामपुर युथ क्लवका अध्यक्ष दिलबहादुर मगरले जानकारी दिएका छन् ।
सो प्रतियोगिताको प्रथम पुरस्कार १० हजार र दोस्रो पुरस्कार ५ हजार रहेको छ भने ट्रफी र मेडल समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर