Advertisement
ताजा खबर
बालेनलाई मोदीको फोन, भने- सम्भव भएका सबै सहायताका लागि भारत तयार छ लुम्बिनीका तीन सांसदसँग जसपा नेपालले माग्यो २४ घण्टे पुनः स्पष्टीकरण मधेसवादी दललाई सरकार बाहिर राख्न कांग्रेस, एमाले र नेकपा एकमत सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण ड्युटीमा खटिएको प्रहरीलाई कुटपिट गर्ने युवकविरुद्ध ५ दिन म्याद थप दूधको मूल्य नपाएर सडक आन्दोलनमा उत्रिन बाध्य किसानहरूको पक्षमा सर्वोच्चकाे ऐतिहासिक फैसला साेनमा गाउँपालिकाबाट अशाेक कुमार यादव बने ‘स्टार वडाध्यक्ष’  रवि लामिछानेको चीन भ्रमण स्थगित तीन वर्षीया बालिका घर नजिकै मृत फेला अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समिति गठन, आठ जिल्लाको जिम्मेवारी बाँडफाँट

मगर जातिहरुकाे प्रयाेगका पात्र मात्र राज्यले बनाइयाे मूख्यमन्त्रि राउत

प्रतिक्षा खबर
२०७६ फाल्गुन १५, बिहीबार २१:२५

रुबि झा जनकपुरधाम, फागुन १५ । मुख्यमन्त्री लालबाबु राउतले हरेक काल खण्डमा मुलुकका लागि ज्यानको आहुति दिने मगर समुदायलाई शासक वर्गले प्रयोगको पात्र मात्र बनाएको बताउनु भएको छ । नेपाल मगर संघको ३८ औ स्थापना दिवसको अवसरमा प्रदेश नं. २को कमिटीले रौतहटको मंगलपुरमा आयोजना गरेको विशेष कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्नु हुँदै मुख्यमन्त्री राउतले राज्यको हरेक परिवर्तन अग्रपक्तिमा रहने मगर समुदायलाई आज पनि आफनो पहिचानको लागी संघर्ष गर्न पर्नु दुर्भाग्य पूर्ण रहेको बताउनु भयो । उहाँले भन्नु भयो , ‘ पृथ्वी नारायण साहको राज्य विस्तार होस वा राणा विरुद्धको आन्दोलन चाहे माओवादीको जनयुद्ध सबैमा मगर समुदायको भूमिका महत्वपूर्ण रहयो तर सबैले मगर समुदायलाई प्रयोग मात्र गरि रहे , यो अन्यायपूर्ण हो ।’ मुख्यमन्त्री राउतले पहिचानको लागि विभेदमा रहेका मधेशी, आदिवासी जनजाति, दलित , महिला मुस्लीमलाई एक हुनु विकल्प नरहेको समेत बताउनु भयो । अहिलेको शासन सत्ता संचालन गर्नेहरु समेत एक जाति एक भाषालाई मात्र प्राथमिकतामा राखेको उल्लेख गर्नु हुँदै उहाँले पहिचानको लागि पुनः आन्दोलन गर्नु पर्ने बताउनु भयो । आफनो पार्टी प्रदेशहरुको नामाकरण पहिचानकोअ ाधारमा गर्नु पर्ने पक्षमा रहेको उल्लेख गर्नु हुँदै उहाँले भन्नु भयो ,‘ हामी पहिचानको आधारमा प्रदेशको नामाकरण होस भनि चाहि राखेका छौ तर एकात्मक सोचवादीहरुले अहिलेपनि प्रदेशको नामाकरण नदी नालाको नाउमा गरि रहेको छ । यसको विरोध गर्नु आवश्यक छ ।’ पहिचानको आधारमा गठन भएको प्रदेश २को सरकार प्रदेशमा बसोबास गर्ने सबै समुदायको पहिचान स्थापित गर्न प्रतिवद्ध रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश २को नामाकरण समेत पहिचानकै आधार मधेश प्रदेश हुने दावी समेत गर्नु भयो । मगर संघका प्रदेश अध्यक्ष यम बहादुर खपाङ्गी मगरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभासद राम कुमार भट्टराई, मगर संगका इन्चार्ज लेखराज मगर सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा मगर समुदायको भाषा संस्कृति झल्किने विभिन्न साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर