Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

नक्कली कागजात पेश गरेको भन्दै एमबीबीएस र बीडीएसको आरक्षण कोटाबाट ८ जनालाई हटाइयो

प्रतिक्षा खबर
२०७८ भाद्र १४, सोमबार १३:२४

१४ भदौ, काठमाडौं । एमबीबीएस र बीडीएसको आरक्षण कोटामा नाम निकालेका ८ जनाको नाम चिकित्सा शिक्षा आयोगले योग्यता क्रमबाट हटाएको छ ।
आयोगका अनुसार गलत कागजात पेश गरेको उजुरी परेका उनीहरुको कागजात पुन: छानविन गर्दा सही हुन नसकेपछि आरक्षणको योग्यता क्रमबाट हटाएको हो ।
नाम हटाइनेहरुमा आदीवासी जनजाती र थारु समूहबाट एमबीबीएसमको आरक्षणमा रहेका अमनकुमार चौधरी, खस आर्य र पिछडिएको क्षेत्र समूहबाट एमबीबीएसमा नाम निकालेका बीरेन्द्र धिताल, खस आर्य र पिछडिएको क्षेत्र समूहबाट नाम निकालेका गगन प्याकुरेल, पिछडिएको क्षेत्रबाट एमबीबीएसमा परेका लकसन शाही, खस आर्यबाट एमबीबीएसमा परेका सुजन घिमिरे रहेका छन् ।
यस्तै खस आर्य र पिछडिएको क्षेत्रबाट एमबीबीएस र बीडीएसमा नाम निकालेका सूर्यकिरण जोशी, महिला दलित महिला र दलित कोटाबाट एमबीबीएसमा नाम निकालेकी स्वस्तिका सुन्दास र महिला आदिवासी जनजाती कोटाबाट एमबीबीएस र बीडीएसमा नाम निकालेकी स्मारिका श्रेष्ठ रहेका छन् ।
उनीहरुले कक्षा ६ देखि १० सम्म सार्वजनिक विद्यालयमा अध्ययन गरेको भन्ने काजगात पेश गरेका थिए । तर त्यसमा उजुरी परेपछि आयोगले छानविन गरेको थियो ।
छानविनका क्रममा उनीहरुले पहिले पेश गरेको काजगात सही नभएपछि हटाएको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर