Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

सुदूरपश्चिमका दुई जसपा सांसदले छाडे महन्थको साथ

प्रतिक्षा खबर
२०७८ भाद्र ४, शुक्रबार ०४:३०

कैलाली । जनता समाजवादी पार्टी (जसपा) का दुईजना प्रदेशसभा सदस्यहरूले महन्थ ठाकुरको साथ छोडेका छन् ।
विगतमा महन्थ-राजेन्द्र पक्षमा रहेका प्रदेशसभा सदस्य कृष्ण चौधरी र मालामती कुमारी चौधरीले उनीहरूको साथ छाडेका हुन् । उनीहरू दुवै तत्कालीन राष्ट्रिय जनता पार्टीका हुन् ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकतापछि जसपा बनेको थियो । उनीहरू दुवैजनाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने समयमा एमालेको ओली समूहसँगै विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । उपेन्द्र यादवले पार्टी आधिकारिकता पाएसँगै उनीहरूले ठाकुरको साथ छाडेका हुन् ।
प्रदेशसभा सदस्य राना हिजोदेखि काठमाडौंमा शुरू केन्द्रीय कार्य समितिको प्रथम बैठकमा सहभागी भएकी छन् । अर्का सांसद चौधरीले स्वास्थ्य समस्या भएका कारण बैठकमा जान नसकेको बताए ।
‘हामीले कसैको साथ छोडेको भन्ने होइन । हामी आधिकारिक लाइनमा उभिएका हौँ’ सांसद रानाले भनिन्, ‘हाम्रो लागि व्यक्तिभन्दा पार्टी ठूलो कुरा हो । ’
उनले अन्तिम समयसम्म पनि पार्टी एकताबद्ध रहनु पर्छ भन्दै आइरहेको दावी गर्दै भनिन्, ‘हामीले एकताको लागि दबाब दिइरहेका थियौँ तर भएन । हामी पार्टीमै छौँ ।’ संविधानसभा सदस्यसमेत रहेकी उनी प्रदेशसभामा समानुपातिक सांसद हुन् ।
केन्द्रीय कार्य समितिको प्रथम बैठकमा नगए पनि आफू आधिकारिक पक्षमा रहेको सांसद चौधरीले बताए । उनले अझैसम्म पार्टी विधिवत रूपमा नफुटेको भन्दै आफू जसपामै रहेको दावी गरे ।
उनी कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर