Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

आगामी ७२ घण्टाभित्रै तालिवानले काबुल कब्जा गर्ने अमेरिकी गुप्तचरको अनुमान

प्रतिक्षा खबर
२०७८ श्रावण ३०, शनिबार १५:२४

काबुल, साउन ३० गते ।

तालिवान विद्रोहीले शुक्रबार साझसम्म अफगानिस्तानका ३४ मध्ये १८ प्रान्त कब्जामा लिएको छ । शुक्रबार मात्रै तालिवानले ६ सहरमा कब्जा जमाएको छ ।
यससँगै अमेरिकी गुप्तचर निकायले आगामी ७२ घण्टाभित्रै तालिवानले अफगानिस्तानको राजधानी काबुललाई पनि नियन्त्रणमा लिन सक्ने अनुमान गरेको छ ।
गुप्तचर निकायको उक्त स्रोतलाई उदृत गर्दै सीएनएनले उक्त कुरा जनाएको हो । तालिवानले रणनीतिक दृष्टीकोणले महत्वपूर्ण र अर्थपूर्ण मानिने गजनी प्रान्तको प्रान्तीय राजधानी सहर पनि नियन्त्रणमा लिइसकेको छ । यो क्षेत्र राजधानी काबुलदेखि १५० किलोमिटर मात्रै टाढा हो ।
तालिवानीले सम्भवतः एकसाताभित्रै अर्थात ७२ घण्टाभित्र तालिवानलाई एक्ल्याउन सक्ने सीएनएनद्वारा प्रकाशित समाचारमा उल्लेख छ । यसको अर्थ उनीहरू राजधानभित्रै प्रवेश गर्न सक्ने भन्ने नभएको समाचारमा जनाइएको छ ।
उक्त जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले काबुलस्थित आफ्नो दूतावासलाई संवेदनशिल सामग्रीहरू नष्ट गर्न निर्देशन दिएको छ। ती सामग्री नष्ट नगर्दा तालिवानले प्रपोगान्डाको रुपमा प्रयोग गर्न सक्ने जोखिम हुने भएकाले यस्तो निर्देशन दिएको सीएनएनमा उल्लेख छ ।
उता अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार काबुलस्थित दूतावासमा केही खासबाहेकका कूटनीतिज्ञलाई छाडेर अन्य कर्मचारीलाई स्वदेश फर्कन निर्देशन दिइसकेका छन् ।
स्विट्जरल्यान्ड, नर्वे, डेनमार्क र फिनल्यान्ड दूतावासले आफ्ना सबै कर्मचारी फिर्ता गर्ने घोषणा गरेका छन् । जर्मनी दूतावासले पनि भारी जनशक्ति कटौती गरेको छ । प्रान्तका राजधानीमा तालिवानले कब्जा जमाएसँगै दसौं हजार मानिस युद्धका कारण विस्तापित भएका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर