Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

बढ्यो प्रहरीको रासन भत्ता

प्रतिक्षा खबर
२०७८ जेष्ठ १५, शनिबार २०:३६

१५ जेठ, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८-०७९ को बजेट सार्वजनिक गर्दै सुरक्षाकर्मीको रासन भत्ता बढाइएको बताएका हुन् ।
प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता ५ वर्षयता वृद्धि भएको थिएन । २०७२ माघपछि भत्ता नबढेकाले दुई सुरक्षा निकायले ५० प्रतिशत भत्ता बढाउनुपर्ने प्रस्ताव गृहसमक्ष राखेका थिए । तर अर्थ मन्त्रालयले राज्यलाई आर्थिक भार पर्ने बताउँदै धेरै बढाउन नसकिने बताउँदै आएको थियो ।
गृह मन्त्रालयका सह–सचिव थानेश्वर गौतमको नेतृत्वमा गठित समितिले मूल्यवृद्धि ३३ प्रतिशतले बढेको भन्दै भत्ता बढाउन सिफारिस गरेको थियो । त्यसअघि सह–सचिव चक्रबहादुर बुढाको नेतृत्वमा गठित समितिले हरेक दुई वर्षमा रासन भत्ता वृद्धि गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।
अहिले ३५ सयदेखि १५ हजार रुपैयाँसम्म रासन भत्ता दिइने गरिएको छ’ भने, ‘हुम्ला, जुम्ला जस्ता जिल्लामा १० हजार बढी छ, काठमाडौंमा ४ देखि ५ हजारको बीचमा छ ।’
यो रकम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने रासत भत्ता दररेट निर्धारण समितिले मूल्यांकन गरेर तोक्ने गरेको छ ।
रासन भत्ता छाक टार्नै नपुग्ने भएको तल्ला तहका प्रहरी अधिकारीहरुको गुनासो रहँदै आएको छ । पेन्सन अवधि पुग्ने वित्तिकै उनीहरुले जागिर छाड्ने क्रम बढिरहेका वेला प्रोत्साहनका लागि पनि भत्ता बढाउने निर्णय सुखद् भएको अधिकृतहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर