नागेन्द्र कुमार यादव
रामगाेपालपुर,२५ माघ। जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले महाेतरीको सदरमुकाम जलेश्वर स्थितका महेन्द्र चोकमा प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका छन् ।
संसद विघटन र असंवैधानिक नियुक्ति विरूद्ध प्रदर्शन गर्दै जसपाका जिल्ला नागेन्द्र यादव एवं विद्यार्थी युनियनका केन्द्रिय सदस्य लगायत केन्द्रीय सहितको नेताकार्यकर्ताले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । प्रदर्शनका क्रममा जसपाका नेता कार्यकर्ताले ‘ओली चोर, देश छोर,राष्ट्रपति होसमा आउ’ आदि जस्ता नारा समेत लगाएका थिए।
पुत्ला दहन कार्यक्रममा जसपाका प्रदेश सांसदहरू , प्रदेश समिति सदस्य ,स्थानीय जनप्रतिनिधि लगायतका नेता कार्यकर्ता सहभागी थिए ।








































































































