Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

जनकपुरमा भू-माफियाविरुद्ध प्रदर्शन

प्रतिक्षा खबर
२०७६ माघ १३, सोमबार १९:१३

जनकपुरधाम : भू-माफियाले मठ-मन्दिरको जग्गा कब्जा गर्न लागेको भन्दै नुनिया समाज नेपालले जनकपुरमा सोमबार प्रदर्शन गरेको छ। प्रदर्शनपछि समाजले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका हुन्।

प्रदर्शनमा सहभागीले प्रेमबाबु प्रसादले राम जानकी नुनिया कुट्टीको जग्गा कब्जा गर्न खोजेको आरोप लगाएका छन्। उनीहरूले प्रदर्शनका क्रममा प्रेमबाबु प्रसादलाई कारबाही गर, मठ मन्दिरको जग्गा कब्जा गर्न पाइँदैन, भूमाफियालाई फाँसी देऊ जस्ता नारा लगाएका थिए।

नुनिया समाज नेपालकी उपाध्यक्ष उर्मिलादेवी महतोले प्रेमबाबु प्रसादले कुट्टीको पर्खाल पटक-पटक भत्काएको र जग्गा कब्जा गर्न षड्यन्त्रमा लागेको आरोप लगाइन्।उनले मन्दिरमा रहेको राम जानकीको मूर्ति पनि भत्काउने प्रयास प्रेमबाबुले गरेको गुनासो गरिन्।

जनकपुरधाम उपमहानगरपालिका ४ मा नुनिया कुट्टीको ३ कट्ठा १६ धुर जग्गा रहेको छ। उक्त जग्गा कब्जा गर्ने प्रयास भएपछि प्रदर्शन गरेको र प्रशासनले चासो नदेखाए कडा आन्दोलन गर्ने समाजले जनाएको छ।साभार : थाहाखबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर